7 years ago
June 6, 2019
एजेन्सी – न्युजिल्यान्डले एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बुधबार राती बंगलादेशलाई २ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । यसअघि पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको थियो ।

जितका लागि २ सय ४५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि अनुभवी ब्याट्सम्यान रोश टेलरले सर्वाधिक ८२ रनको योगदान दिए । ३९ ओभरको तेस्रो बलमा मोसाद्देक हसनले मुश्फिकुर रहिमबाट क्याच आउट गराउनु अघि उनले ९१ बलमा ९ चौका प्रहार गरे । त्यस्तै कप्तान केन विलियम्सनले ४०, ओपनर मार्टिन गुप्टिलले २५,कोलिन मुनरो २४ रनमा क्याच आउट भए ।
विकेटकीपर टम लेथम डक,जेम्श निशम २५,कोलिन डी ग्राण्डहोम १५,म्याट हेनरी ६ रनमा आउट भए । मिचेल सान्टनर १७ र ल्योकी फग्र्युसन ४ रनमा अविजित रहदै जित पक्का गरे । बंगलादेशका लागि मेहेदी हसन,सकिब अल हसन,मोहम्मद सैफुद्दीन र मोसाद्देक हसनले समान २ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश ४९.२ ओभरमा अल आउट हुँदै २ सय ४४ रनमा समेटियो । बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ६४ रनको योगदान दिए । ३१ ओभरको दोस्रो बलमा कोलिन डी ग्राण्डहोमले विकेटकीपर टम लेथमबाट क्याच गराउनु अघि सकिबले ६८ बलमा ७ चौका प्रहार गरे ।
बंगलादेशले पहिलो विकेटका रुपमा नवौं ओभरको तेस्रो बलमा सौम्य सरकारलाई २५ रनमा गुमाएको थियो । उनलाई म्याट हेनरीले बोल्ड आउट गरे । अर्का ओपनर तामिम इकवालले ३८ बलमा ३ चौका सहित २४ रनमा क्याच आउट भए । भरपर्दा ब्याट्सम्यान तथा विकेटकीपर मुश्फिकुर रहिमले ३५ बलमा २ चौका सहित १९ रन जोडे ।

३८ ओभरको पहिलो बलमा मोहम्मद मिथुनलाई हेनरीलेनै क्याच आउट गराउँदै २६ रनमा पेभिलिएन फर्काए । महमदुल्ला २०, मोसाद्देक हसन ११, मेहदी हसन मिराज ७ रनमा आउट भए । तल्लोक्रममा मोहम्मद सैफुद्दीनले २३ बलमा ३ चौका १ छक्का सहित २९ रनमा बोल्ड आउट भए । न्युजिल्यान्डका लागि म्याट हेनरीले ९.२ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए । टेन्ट्र बोल्टले २, कोलिन डी ग्राण्डहोम,मिचेल सान्टनर र ल्योकी फग्र्युसनले समान १-१ विकेट लिए ।
न्युजिल्यान्डले आफ्नो तेस्रो खेल आगमी शनिवार अफगानिस्तानसँग खेल्ने छ । त्यस्तै बंगलादेशले शनिवारनै उपाधिको दावेदार इंग्ल्यान्डको सामना गर्ने छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]