7 years ago
June 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फोरमेसन टेक्नोलोजी (केसीएमआईटि) ले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टलाई ५८ रनले पराजित गर्दै थेम्स प्रिमियर लिग २०१९ को उपाधि जितेको छ ।

पहिलो ब्याटिङको निम्तो पाएको केसीएमआइटीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन जोडेको थियो । अमित राज कार्कीले सर्वाधिक ३१ रनको योगदान दिए । जवाफमा एसले सबै विकेट गुमाउँदै ८६ रन मात्र जोड्न सक्यो । निश्चल उपाध्यायले ४५ रन जोडेपनि जित दिलाउन सकेनन् । ह्याट्रिक लिएका सावन भण्डारी म्यान अफ द म्याच भए ।
एसका निश्चल उपाध्याय प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यान घोषित भए । केसीएमआईटीका सावन भण्डारी उत्कृष्ट बलर भए । विजयी खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीले पुरस्कृत गरेका थिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]