default_image

7 years ago

June 6, 2019

अष्ट्रेलियासँग वेस्ट इन्डिजको अग्निपरिक्षा !

157 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया र विष्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ ।

दुवै टोली लगातार दोस्रो जित निकाल्ने साचमा छन् । पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई तथा वेस्ट इन्डिजले पाकिस्तानलाई समान ७ विकेटले पराजित गरेका थिए ।

हेड टु हेडमा वेस्ट इन्डिज भन्दा अष्ट्रेलिया अघि छ । यी दुबईबीच हालसम्म १ सय ३९ वान डे खेल भएको छ । जसमा अष्ट्रेलिया ७३ खेलमा विजयी हुँदा ६० पटक पराजित भएको छ । ३-३ पटक नतिजा विहीन र बराबरीमा सकिएको छ ।

अष्ट्रेलिया विश्वकपको सर्वाधिक सफल टिम हो । ५ पटक उपाधि जित्दा दुई पटक फाईनलमा पराजित भएको छ । वेस्ट इन्डिजले सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो । त्यसयता भने कमजोर प्रर्दशन गर्दै आएको छ । आजको खेलमा विष्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल र आन्द्रे रसेल एक आपसमा भिड्दै छन् । जसले खेल थप रोचक हुने अनुमान गरिएको छ । यद्यपि रसेल र गेल चोटका कारण खेल्नेमा शंका रहेको छ ।

वेस्ट इन्डिज भन्दा अष्ट्रेलिया तुलानात्मक रुपमा धेरै बलियो टोली हो । उसका ओपनर डेविड वार्नर, आरोन फिन्च, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल जस्ता आधुनिक क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यान छन् ।

आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका वार्नरले आफ्नो लयलाई निरन्तरता दिदै अफगानिस्तानविरुद्ध ८९ रनमा अविजित रहँदै सहज जित पक्का गरेका थिए । उत्कृष्ट लयमा रहेका वार्नरलाई रोक्न वेस्ट इन्डिजका बलरलाई कठिन पर्न सक्छ । छैटौं पटक उपाधि जित्ने धुनमा रहेको अष्ट्रेलिया टोली निकै सन्तुलित देखिन्छ । जेसन बेहरनडर्फ, मिचेल स्टार्क, एडम जम्मा, प्याट कमिन्स र केन रिचर्डसन उसका प्रमुख बलिङ हतियार हुन् ।

उत्कृष्ट लयमा देखिएका क्रिस गेल, शाई होप, आन्द्रे रसेल, शिम्ररोन हिटमायर, एभीन लुईसले आफ्नो ब्याटिङमा टिमको सहज जित पक्का गर्न सक्छन् । पाकिस्तानविरुद्ध सहज जित निकाल्न ४ विकेट लिएका ओशन थोमस पनि अष्ट्रेलियाका लागि घातक बन्न सक्छन् । वेस्ट इन्डिजको बलिङ उसको कमजोरी हो ।

अष्ट्रेलियाको विश्वकप खेल्ने टोली :
आरोन फिन्च (कप्तान), जेसन बेहरनडर्फ, एलेक्स केरी (विकेटकीपर), नाथन कुल्टर नाईल, प्याट कमिन्स, उस्मान खवाजा, नाथन लायन, शन मार्श, ग्लेन म्याक्सवेल, केन रिचड्सन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोईनिस, डेविड वार्नर, एडम जम्पा ।

वेस्ट इन्डिजको पूर्ण सदस्य टोली :
जोसन होल्डर(कप्तान), क्रिस गेल, आन्द्रे रसेल, शिल्डन कोटरेल, शैनन गेब्रियल, किमर रोच, निकोलस पुरन, एशले नर्श, फबिन एलीन, शिम्ररोन हिटमायर, शाई होप, ओशन थोमस, कार्लोस बर्थवेट, डरेन ब्राभो, इभिन लुईस ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.