default_image

7 years ago

June 6, 2019

कुल्टर नाइलको सानदार ब्याटिङसँगै वेस्ट इन्डिजलाई बलियो चुनौती

164 views

0 Bookmark

एजेन्सी – अलराउन्डर नाथन कुल्टर नाईलले आफ्नो करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई २ सय ८९ रनको लक्ष्य दिएको छ ।

नाथन कुल्टर नाइल

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै २ सय ८ ८ रनमा समेटियो । अष्ट्रेलियाका लागि अलराउण्डर नाथन कुल्टर नाईलले तल्लोक्रममा उत्कृष्ट ब्याटिङगर्दै ९२ रनको महत्वपूर्ण योगदान दिए । कमजोर अवस्थामा पुगेको अष्टे«लियालाई बलियो लक्ष्य सम्म पुर्याउन उत्कृष्ट प्रर्दशन गरेको नाईलले ६० बलमा ८ चौका र ४ छक्का प्रहार गरे । ४९ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा बाउन्डी लाईन नजिकै जोसन होल्डरले क्याच लिएपछि उनि आफ्नो करियरको पहिलो शतक बनाउन ८ रनले चुक्न पुगेका थिए ।

त्यस्तै पुर्व कप्तान स्टिभ स्मिथले ७३ रनको महत्वपूर्ण योगदान दिदै बलियो प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याउन सफल भए । एक तर्फबाट निरन्तर विकेट गुम्दा स्मिथले अर्को तर्फबाट रन जोडी रहे । ओशन थोमसको ४४.२ ओभरमा बाउन्डी लाईनमा शिल्डन कोर्टेलले एक हातले अविश्वसिनय क्याच लिनु अघि स्मिथले १ सय ३ बलमा ७ चौका प्रहार गरे ।

स्टिभ स्मिथ

कमजोर अवस्थामा पुगेको अष्टेलियालाई सातौ विकेटका लागि स्मिथ र नाईलले १ सय २ रनको शतकीय साझेदारी गरेसँगै बलियो अवस्थामा पुगेको थियो । त्यस अघि ७९-५ को कमजोर अवस्थामा पुगेको अष्ट्रेलियालाई स्मिथ र विकेटकीपर एलेक्स केरिले ६८ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ उकासेका थिए । ३०.४ ओभरका आन्द्रे रसेलले केरिलाई कट विहान्ड निकाल्दै विकेटकिपर शाई होपबाट क्याच आउट गराउँदै ४५ रनमा पेभिलिएन फर्काए । केरिले ५५ बलमा ७ चौका प्रहार गरे ।

अष्ट्रेलियाले पहिलो विकेटका रुपमा तेस्रो ओभरको दोस्रो बलमा कप्तान आरोन फिन्चलाई ६ रनमा गुमाएको थियो । चौथो ओभरको अन्तिम बलमा शिल्डन कोर्टेलले शिम्ररोन हिटमायरबाट क्याच गराउँदै डेविड वार्नरलाई ३ रनमा पेभिलिएन फर्काए । सातौं ओभरको अन्तिम बलमा रसेलले होपबाटनै उस्मान खवाजालाई १३ रनमा क्याच आउट गराउदै आफ्नो दवाव कायमै राखे । आठौं ओभरको चौथो बलमा ग्लेन म्याक्सवेल खराव शट शेल्दै शून्यमा आउट भएपछि अष्टे«लिया संकटमा परेको थियो । मार्कस स्टोइनिस १९ रनमा आउट भए ।

वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले सर्वाधिक ३ विकेट लिए । ओशन थोमस,शिल्डन कोर्टेल र आन्द्रे रसेलले समान २ विकेट लिए । कप्तान जोसन होल्डरको नाममा १ विकेट रह्यो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.