default_image

7 years ago

June 7, 2019

कमजोर श्रीलंका,अप्रत्यासित पाकिस्तान !

186 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँ छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी ब्रिस्टलमा सुरु हुने छ ।

पाकिस्तान र श्रीलंका दुबै लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा वेस्ट इन्डिजसँग स्तब्ध भएको पाकिस्तानले दोस्रो खेलमा उपाधिको दाबेदार इंग्ल्यान्डलाई १४ रनले हराएको थियो । वेस्ट इन्डिजसँग १ सय ५ रनमै अल आउट भएको पाकिस्तान उत्कृष्ट पुनरागमन सहित इंग्ल्यान्डविरुद्ध ३ सय ४८ रन बनाउँदै सवैलाई आश्चर्य पारेको थियो ।

मोहम्मद हफिज,बाबर आजम र कप्तान शरफराजले अर्ध शतक प्रहार गर्दा ओपनर पकार जमान र इमाम उल हकले पनि इंग्ल्यान्डविरुद्ध सुरुवात राम्रो प्रर्दशन गरेका थिए । इंग्ल्यान्डलाई हराएको पाकिस्तानको मनोबल पनि उच्च छ । वहाब रियाज,मोहम्मद आमिर र सादव खान बलिङका मुख्य हतियार हुन् । दुबै खेलमा खराव प्रर्दशन गरेका हसन अलीको स्थानमा आज पाकिस्तानले युवा खेलाडी शाहीन शाह अफ्रिदीलाई मौका दिन सक्छ ।

श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अफगानिस्तानमाथि ३४ रनको रोमान्चक जित हात पारेको थियो । पहिलो खेलमा कप्तान दिमुथ करुणारत्नेले ५२ र दोस्रो खेलमा कुशल परेराले ७८ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । जसको कारण दुबै खेलमा सस्तैमा समेटिएको हो । मध्यक्रमको निराशजनक प्रर्दशन हुनु श्रीलंकाको ठूलो चिन्ताको विषय हो ।

बलिङ तर्फ अफगानिस्ताविरुद्ध ४ विकेट लिएका नुवान प्रदिप र ३ विकेट लिएका लाथिस मलिङ्गा पाकिस्तानका लागि घातक बन्न सक्छन् । विश्वकपमा श्रीलंकाले पाकिस्तानलाई हालसम्म हराउन सकेको छैन । विश्वकपमा ७ पटक एक अर्कासँग भिड्दा ७ खेलमै पाकिस्तान विजयी भएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.