7 years ago
June 7, 2019
एजेन्सी – निरन्तर वर्षासँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान र श्रीलंकाबीचको खेल रद्द भएको छ ।

वर्षाको कारण निर्धारित समय भन्दा झण्डै पाँच घण्टा सम्म रोकिएको खेल अनन्त रद्द भएको हो । योसँगै दुबै टोलीले १-१ अंक बाडेंका छन् । यो सँगै श्रीलंका र पाकिस्तान समान ३ खेलमा १ मा जित र १ मा हारका साथ क्रमश : तेस्रो र चौथो स्थानमा पुगेका छन् । दुवै टोलीका कप्तानले खेल नहुँदा दुख लागेको र अब अर्को खेलका लागि तयारी गर्ने बताए ।
पहिलो खेलमा वेस्ट इन्डिजसँग स्तब्ध भएको पाकिस्तानले दोस्रो खेलमा उपाधिको दाबेदार इंग्ल्यान्डलाई १४ रनले हराएको थियो । श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको श्रीलंका दोस्रो खेलमा अफगानिस्तानमाथि ३४ रनको रोमान्चक जित हात पारेको थियो । श्रीलंकाले आफ्नो चौथो खेल आगमी मंगलबार बंगलादेशसँग खेल्ने छ । त्यस्तै पाकिस्तानले आफ्नो चौथो खेल बुधबार उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाको सामना गर्ने छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]