default_image

7 years ago

June 8, 2019

उपाधिको लागि आर्मी र पुलिस भिड्दै

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज दुई विभागिय टोली त्रिभुवन आर्मी क्लव र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल बिहान ९ बजेखी कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सुरु हुने छ । दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने छन् । अधिकाम्स राष्ट्रिय खेलाडी रहेका यी दुई टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यसअघि समुह चरणको खेलमा आर्मी पुलिससँग ५० रनले पराजित भएको थियो । पुलिस समुह चरणको नतिजा दोहोराउँदै उपाधि जित्ने धुनमा मैदान प्रवेश गर्ने छ । आर्मी समुह चरणको हारको बदला लिदै च्याम्पियन बन्ने सोचमा देखिन्छ ।

दुई वर्ष अघि पहिलो संस्करणको फाईनलमा आर्मी र पुलिस भिडेपनि वर्षाको कारण संयुक्त रुपमा च्याम्पियन बन्नु परेको थियो । पुलिस समुह बी को विजेता र आर्मी उप विजेता हो । सेमिफाईनलमा पुलिसले एपीएफलाई ५ विकेट र आर्मीले प्रदेश ३ लाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

आर्मीका कप्तान विनोद भण्डारी उत्कृष्ट लयमा छन् । उनले सेमिफाईनल खेलमा प्रदेश ३ विरुद्ध ४२ बलमा समान ५ छक्का र चौका सहित ७५ रनमा अविजित रहेका थिए । समुह चरणका खेलमा पनि विनोदले उत्कृष्ट प्रर्दशन गर्दै आफ्नो विश्फोटक ब्याटिङमा टोलीको सहज जित पक्का गर्न सक्छन् । पुलिसलाई विनोद घातक बन्न सक्छन् ।

त्यस्तै ५ खेलमा ३ अर्ध शतक सहित २ सय २९ रन जोड्दै प्रतियोगिताकै सर्वाधिक रन जोड्ने ब्याट्समान राजु रिजाल आर्मीका मजबुत हतियार हुन् । युवा खेलाडी हरि बहादुर चौहान,रोहित पौडेल,हरिकृष्ण झा,करण केसी,सोमपाल कामी,सुसन भारी,साहव आलम,कुशल मल्ल र जितेन्द्र मुखिया हार्मीका मुख्य हतियार हुन् ।

पुलिसका लागि दिपेन्द्र सिंह ऐरी प्रमुख खेलाडी हुन् । पुलिसलाई उपाधि दिलाउन दिपेन्द्रको प्रर्दशन निकै महत्वपूर्ण रहने छ । त्यस्तै सुनिल धमला,अनिल कुमार शाह,पवन सरार्फ,ललित नारायण राजवंशी,कुशल भुर्तेल,दिलिप नाथ,आरिफको शेखको उत्कृष्ट प्रर्दशनमा पुलिस च्याम्पियन बन्न सक्छ ।

विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । उप विजेताले १० लाख रुपैयाँ चित्त बुझाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.