7 years ago
June 8, 2019
एजेन्सी – जापान यू१९ टोलीले पहिलो पटक क्रिकेट विश्वकप खेल्ने भएको छ । जापानले आगमी वर्ष दक्षिण अफ्रिका हुने एकदिवसिय विश्वप क्रिकेट प्रतियोगिताको लागि छनोट भएको छ ।

जापानमै भएको आईसीसी यू१९ क्रिकेट विश्वकप छनोटको इस्ट एसिया प्यासिफिक (इएपी) मा शीर्षस्थामा रहँदै आगमी वर्ष हुने यू१९ विश्वकपमा पहिलो पटक स्थान पक्का गरेको हो । जापानले फिजि, पपुवा न्यु गिनी, समोआ र भानुआतुलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो ।
जापानले पहिलो खेलमा सामोआलाई १ सय ७४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । भानुअतुलाई जापानले ७० रन र फिजिलाई ४ विकेटले पराजित गर्दा विश्वकप नजिक पुगेको थियो । अन्तिम खेलमा पप्पुवा न्युगिनीले जापानसँग नखेलेपछि जापान स्वत: १० विकेटले विजयी हुँदै पहिलो पटक विश्वकपमा स्थान भएको हो । आन्तरिक अनुशासन कारवाहीका कारण पपुवा न्यु गिनीको मैदानमा उत्रने ११ जना खेलाडी नपुगेपछि जापानसँगको खेल खेलेको थिएन ।
यसअघि अघिल्लो महिना मलेसियामा सम्पन्न आईसीसी यू१९ विश्वकप छनोट एसिया क्षेत्रमा नेपाल दोस्रो स्थानमा रहँदै विश्वकप खेल्नबाट चुकेको थियो । यूएईसँग डक अर्थ लेविसका आधारमा १ रनले पराजित हुनु नेपालको लागि विश्वकपको लागि यात्रा समाप्त हुन पुगेको थियो ।
विश्व क्रिकेटमा जापान क्रिकेट यो अहिले सम्मकै ठूलो सफलता हो । जापानले सन् १९८९ मा आईसीसीबाट सदस्य प्राप्त गरेको थियो । जापानको उमेर समुहले हालसम्म उच्च सफलता डिभिजन ५ छ । यू१९ विश्वकप आगमी वर्ष दक्षिण अफ्रिकामा जवनरी १७ देखी ९ फेबुअरी सम्म चल्ने छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]