default_image

7 years ago

June 8, 2019

पहिलो जितको खोजिमा अफगानिस्तान

101 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको दोस्रो खेलमा न्युजिल्यान्ड र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार साँझ ६:१५ देखि सुरु हुने छ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार तेस्रो र पुछारमा रहेको अफगानिस्तान पहिलो जितको खोजीमा छन् । न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दा बंगलादेशलाई २ विकेटले हराएको थियो । अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित हुँदा श्रीलंकासँग ३४ रनले पराजित हुन पुगेको थियो ।

न्युजिल्यान्डसँग खेल्नु अघि अफगानिस्तानलाई ठूलो झड्का लागेको छ । अफगानिस्तानका ओपनर विकेटकीपर तथा विश्फोेटक ब्याट्सम्यान मोहम्मद शहजाद घाईते हुँदै विश्वकपबाट बाहिरिएका छन् । उनको स्थान १८ वर्षिय युवा खेलाडी इकराम अलिखीलले लिने छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.