7 years ago
June 8, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १३ औं खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १ सय ७३ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ४१.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । अफगानिस्तानका लागि अन्तिम विकेटका रुपमा आउट भएका मध्यक्रमका हशमतुल्ला शाहिदीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ९९ बलमा ९ चौका प्रहार गरे ।
ओपनर हज्रतुल्लाह जजाईले २८ बलमा ५ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । नुर अली जदरानले ३८ बलमा ५ चौका सहित ३१ रन जोडे । ओपनर जजाई र नुर अलीले पहिलो विकेटका लागि १०.५ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । जजाइलाई जेम्श निशमले कोलिन मुनरोबाट क्याच गराउँदै पेभिलिएन फर्कासँगै अफगानिस्तानको विकेट पतन सुरु भएको थियो । मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अफगानिस्तान सस्तैमा रोकिएको हो ।

रमात शाह शुन्य,गुलबदीन नाईब ४,मोहम्मद नाबी ९,इकरान अलिखिल २ र राशिद खान शुन्यमा आउट भए । तल्लोक्रमका अफतव आलमले १० बलमा ३ चौका सहित १४ रनको योगदान दिए । हमिद हसन ७ रनमा अविजित रहे ।
न्युजिल्यान्डका अलराउण्डर जेम्श निशमले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । ल्योकी फग्र्युसनले ९.१ ओभरमा ३ मेडन सहित ३७ रन खर्चेर ४ विकेट लिए । कालिन डी ग्राण्डहोमले १ विकेट हात पारे ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]