default_image

7 years ago

June 8, 2019

सकिबको शतकका बाबजुद बंगलादेशको फराकिलो हार

120 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

जितमा लागि ३ सय ८७ रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेश ४८.५ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो । बंगलादेशका लागि अलराउण्डर सकिब अल हसनले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् । ४० ओभरको तेस्रो बलमा बेन स्टोक्सले बोल्ड आउट गर्नुअघि सकिबले १ सय १९ बलमा १२ चौका र १ छक्का सहित १ सय २१ रन जोडेपनि टोलीको जितको लागि प्राप्त रन हुन सकेन । सकिबलाई अन्य खेलाडीले राम्रो साथ दिन नसक्दा बंगलादेशले फराकिलो हार ब्यहोर्नु परेको हो ।

ओपनर सौम्य सरकारलाई जोफ्रा आर्चरले चौथो ओभरको दोस्रो बलमा २ रनमा बोल्ड आउट गरे । १२ ओभरको अन्तिम बलमा मार्क उडले कप्तान इओन मोर्गनबाट अर्का ओपनर तामिम इकवाललाई १९ रनमा क्याच आउट गराए । विकेटकीपर मुश्फिकुर रहिमले ५० बलमा २ चौका सहित ४४ रन बटले । मोहम्मद मिथुन डक,महमदुल्लाह २८,मोसाद्देक हसन २६,मेहेदी हसन मिराज १२ र मोहम्मद सैफुद्दीन ५ रनमा बोल्ड आउट भए ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले ६ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै जोफ्रा आर्चरले ८.५ ओभरमा २ मेडन सहित २९ रन खर्चेर ३ विकेट हात पारे । मार्क उड २,लियाम प्यान्केट र आदिल राशीदको नाममा समान १ विकेट रह्यो ।

त्यस अघि कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ८६ रन बनायो । इंग्ल्यान्डलाई विशाल योगफल तयार पार्न ओपनर जोसन रोयले उत्कृष्ट आक्रमक शतक प्रहार गरे । रोयले २७ ओभरको पाँचौ बलमा चौका प्रहार गर्दै ९२ बलमा आफ्नो वान डे करियरको नवौं शतक पुरा गरेका थिए ।

आक्रमक रुपमा ब्याटिङ गरेका रोयले ३५ ओभरको चौथो बलमा मेहदी हसन मिराजलाई लगातार चार छक्का प्रहार गर्ने धुनमा मोर्तजाबाट १ सय ५३ रनमा क्याच आउट हुन पुगे । रोयले १ सय २१ बलमा १४ चौका र ५ छक्का प्रहार गरे । रोयले पहिलो विकेटका लागि ओपनर जोनी वेयरस्टोसँग १९।१ ओभरसम्म १ सय २८ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुवता दिलाएका थिए ।

यी दुईबचको साझेदारी मोर्तजाले मेहदी हसनबाट बेयरस्टोलाई ५१ रनमा क्याच गराउँदै तोडेका थिए । उनले ५० ओभरमा ६ चौका प्रहार गरे । जो रुटलाई मोहम्मद सैफुद्दीनले २१ रनमा बोल्ड आउट गरे । जस बटलरले पनि आक्रमक ब्याटिङ गर्दै ४४ बलमा ४ छक्का र २ चौका सहित ६४ रनमा क्याच आउट भए ।

कप्तान इओन मोर्गन पनि ठूलो शट खेल्ने धुनमा ४७ ओभरको पाँचौ बलमा बाउन्डीलाईन नजिकै सौम्य सरकारबाट क्याच आउट हुनुअघि ३३ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा आउट भए । तल्लोक्रममा क्रिस वोक्सले ८ बलमा २ छक्का सहित १८ रनमा अविजित रहे । लियाम प्यान्केट ९ बलमा ४ चौका र १ छक्का सहित २७ रनमा नट आउट रहे । बेन स्टोक्स ६ रनमा आउट भए ।

बंगलादेका लागि मेहेदी हसन मिराज र मोहम्मद सैफुद्दीनले समान २ विकेट लिए । मुस्ताफिजुर रहमान र मशरफे मोर्तजाको नाममा पनि समान १ विकेट रह्यो ।

यो बंगलादेशको दोस्रो हार हो । पहिलो खेलमा दक्षिण अफ्रिकामाथि जित निकालेको थियो । न्युजिल्यान्डसँग भने बंगलादेश पराजित हुन पुगेको थियो । बंगलादेशले आफ्नो चौथो खेल आगमी मंगलबार श्रीलंकासँग खेल्ने छ ।

घरेलु टोली इंग्ल्यान्डको यो दोस्रो जित हो । पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको इंग्ल्यान्ड पाकिस्तानसँग भने स्तब्ध भएको थियो । इंग्ल्यान्डले आफ्नो चौथो खेल शुक्रबार वेस्ट इन्डिजको सामना गर्ने छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.