default_image

7 years ago

June 9, 2019

न्युजिल्यान्डको लगातार तेस्रो जित

130 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।

शनिबार राती अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको हो । १ सय ७३ रनको लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । न्युजिल्यान्डको सहज जितमा कप्तान केन विलियम्सन ९९ बलमा ९ चौका सहित ७९ रनमा अविजित रहे ।

ओपनर मार्टिन गोप्टिल डक,कोलिन मुनरो २२,रोश टेलर ४८ रनमा आउट हुँदा टम लेथम १३ रनमा अविजित रहे । २६ ओभरको चौथो बलमा अफ्तव आलमले बोल्ड आउट गर्नु अघि टेलरले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अफ्गानिस्तानका लागि अफ्तव आलमले ३ विकेट लिए ।

टस हारेर ब्याटिङ थालेको अफगानिस्तान ४१.१ ओभरमा अल आउट हुँदै १ सय ७२ रनमा समेटियो । अफगानिस्तानका लागि अन्तिम विकेटका रुपमा आउट भएका मध्यक्रमका हशमतुल्ला शाहिदीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ९९ बलमा ९ चौका प्रहार गरे ।

ओपनर हज्रतुल्लाह जजाईले २८ बलमा ५ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । नुर अली जदरानले ३८ बलमा ५ चौका सहित ३१ रन जोडे । ओपनर जजाई र नुर अलीले पहिलो विकेटका लागि १०।५ ओभरमा ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । जजाइलाई जेम्श निशमले कोलिन मुनरोबाट क्याच गराउँदै पेभिलिएन फर्कासँगै अफगानिस्तानको विकेट पतन सुरु भएको थियो । मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अफगानिस्तान सस्तैमा रोकिएको हो ।

रमात शाह शुन्य,गुलबदीन नाईब ४,मोहम्मद नाबी ९,इकरान अलिखिल २ र राशिद खान शुन्यमा आउट भए । तल्लोक्रमका अफतव आलमले १० बलमा ३ चौका सहित १४ रनको योगदान दिए । हमिद हसन ७ रनमा अविजित रहे ।

न्युजिल्यान्डका अलराउण्डर जेम्श निशमले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । ल्योकी फग्र्युसनले ९.१ ओभरमा ३ मेडन सहित ३७ रन खर्चेर ४ विकेट लिए । कालिन डी ग्राण्डहोमले १ विकेट हात पारे ।

न्युजिल्यान्डले आफ्ना् चौथो खेल आगमी विहीबार भारतसँग खेल्ने छ । यता लगातार तेस्रो खेलमा पराजित भएको अफगानिस्तानले चौथो खेल आगमी शनिवार दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.