default_image

7 years ago

June 9, 2019

पीएम कप : सर्वाधिक रन जोड्ने ५ खेलाडी

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु फ्रेन्चाइज लिगमा विदेशी खेलाडीको दबदबा हुँदा अन्य प्रतियोगितामा विभागिय खेलाडी हावी हुने गर्दछन् । शनिबार सम्पन्न तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा पनि सर्वाधिक रन बटुल्ने शीर्ष ५ खेलाडीमा १ मात्र प्रदेशका खेलाडी अट्न सके ।

आर्मीलाई ४ विकेटले हराउँदै पीएम कपको उपाधि पुलिसले जितेको थियो । यस संस्करणको पीएम कपमा सर्वाधिक योगफल आर्मीले ३ सय ९ बनाउँदा सबैभन्दा कम एपीएफ ४१ रनमा समेटियो । यी दुबै स्कोर सेमिफाइनलमा बने । प्रतियोगिताभर कुल ३ शतक र २१ अर्धशतक प्रहार भए । पीएम कपमा सर्वाधिक रन बनाउने ५ खेलाडी यसप्रकार छन् :

१. राजु रिजाल (आर्मी)

विकेटकीपर ब्याट्सम्यान राजु रिजाल नेपाली क्रिकेटमा नौला अनुहार होइनन् । सन् २०१६ को यू१९ विश्वकपमा नेपाली टोलीका कप्तान र सन् २०१७ मा सिनियर टोलीबाट प्रतिनिधित्व गरि सकेका युवा खेलाडी हुन् । खराब लयका कारण राष्ट्रिय टिम बाहिर रहेका राजुले यस पीएम कपमा उत्कृष्ट प्रर्दशन गर्दै सर्वाधिक रन बनाउने खेलाडी बने ।

६ खेलमा ३ अर्ध शतक सहित ४३.५० को औसतमा कुल २ सय ६१ रन बटुले । वेस्ट प्रर्दशन ९० रहँदा २७ चौका र ४ छक्का प्रहार गरे । प्रदेश २ विरुद्ध पहिलो खेलमै ९० रन बनाएका राजुले प्रदेश १ विरुद्ध ६ रनमा बटुले । कर्णालीसँगको खेलमा ६६,पुलिससँग डक र प्रदेश ३ सँगको खेलमा ५१ तथा पुलिसँगको खेलमा ३२ रन बटुले । राजुनै प्रतियोगिताका सर्वोत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

२. अमित श्रेष्ठ (पुलिस)

नेपाली घरेलु क्रिकेटमा निरन्तर रन बटुल्दै आएका अमित श्रेष्ठले यस पीएम कपमा पनि आफ्नो लयलाई निरन्तरता दिंदै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रा स्थानमा रहे । अमितले ६ खेलमा १ शतक र १ अर्ध शतक सहित कुल २ सय १० रन बटुले । औसत ३५.०० को रहँदा २६ चौका र ४ छक्का सामेल छ । अमितले कर्णाली, प्रदेश १, आर्मी, प्रदेश २, एपीएफ र आर्मीसँगको खेलमा क्रमश: ५, १०६, ४, ५०, १ र ४४ रन जोडे ।

३. रोहित कुमार पौडेल (आर्मी)

पछिल्लो एक वर्षयता सिनियर टोलीबाट पहिलो रोजाईमा खेल्दै आएका युवा ब्याट्सम्यान रोहित कुमार पौडेल पीएम कपमा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन् । रोहितले ६ खेलमा ३१.३३ को औसतमा १ अर्ध शतक सहित कुल १ सय ८८ रन जोड्दै तेस्रो स्थानमा रहे । उनले १५ चौका र ३ छक्का प्रतियोगिताभर प्रहार गरे । रोहितले प्रदेश २, प्रदेश १, कर्णाली, नेपाल पुलिस, प्रदेश ३ र पुलिसँग क्रमश: ४७, ८, ५६, १६, ४३ र १८ रन बटुले ।

४. ईशान पान्डे (प्रदेश ३)

प्रदेश टोलीबाट शीर्ष पाँचमा अट्ने ईशान पाण्डे एकमात्र ब्याट्सम्यान हुन् । ईशान पनि नेपाली टोलीमा नयाँ अनुहार होइनन् । सन् २०१६ मा नेपाली यू१९ टोलीबाट विश्वकप खेलि सकेका युवा प्रतिभा हुन् । पछिल्लो एक वर्षमा ईशानले घरेलु क्रिकेटमा राम्रो प्रर्दशन गरि रहेका छन् ।

यस पीएम कपमा ईशानले ५ खेलमा ६०.०० को औसतमा २ अर्ध शतक सहित कुल १ सय ८० रन बटुले । जसमा १४ चौका र ५ छक्का सामेल छ । ईशानले एपीएफ, प्रदेश ५, गण्डकी, सदुरपश्चिम र आर्मीसँग क्रमश: १, २१, २६, ५३ र ७९ रन जोडेका थिए । सेमिफाइनलमा उनले आर्मीविरुद्ध जोडेको ७९ रन प्रशंसायोग्य र उनको घरलु क्रिकेटकै संभवत उत्कृष्ट थियो ।

५. विनोद भण्डारी(आर्मी)

नेपाली राष्ट्रिय टोलीका हार्ड हटिर बिनोद भण्डारी ठूला शटका लागि परिचित छन् । विनोद पीएम कपमा सर्वाधिक रन बनाउने पाँचौ ब्याट्सम्यान हुन् । उनले ६ खेलमा ११९.५९ को स्टाईक रेटमा २ अर्ध शतक सहित कुुल १ सय ७७ रन बटुले । जसमा १८ चौका र ६ छक्का सामेल छ । उनले प्रदेश २, प्रदेश १, कर्णाली, पुलिस, प्रदेश ३ र पुलिसँगको खेलमा क्रमश : ६६, ३०, ५, शून्य, ७५ र १ रन जोडे ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.