default_image

7 years ago

June 9, 2019

उपाधिका दाबेदार भारत र अष्ट्रेलिया भिड्दै, कसले जित्ला ?

130 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका प्रमुख दुई दाबेदार राष्ट्र भारत र अष्ट्रेलिया भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लन्डन स्थित ओभल क्रिकेट मैदानमा सुरु हुने छ ।

विश्वकपको सर्वाधिक सफल टिम अष्ट्रेलियाले हालसम्म ५ पटक उपाधि जित्दा २ पटक फाईनलमा पराजित भएको छ । २ पटकको च्याम्पियन भारत १ पटक फाईनलमा पराजित भएको छ । यी दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । हेड टु हेडमा अष्ट्रेलिया धेरै बलियो देखिन्छ । भारत र अष्ट्रेलियाबीच १ सय ३६ वान डे खेल हुँदा भारत ४९ खेल जित्दा ७७ खेलमा पराजित भएको छ । १० खेलको नतिजा विहीन छ ।

यता दुई महिनाअघि अष्ट्रेलियाले भारतकै भुमिमा पाँच ओडीआई सिरिज ३–२ ले जितेको थियो । जसमा अष्ट्रेलियाले ३ सय ५९ रनको विशाल लक्ष्य पुरा गरेको थियो । जुन सिरिजमा अष्ट्रेलिया प्रमुख खेलाडी स्टिभ स्मिथ, डेविड वार्नर र मिचेल स्टार्क थिएनन् । यी तीन खेलाडीको आगमन र दुई महिना अघिको नतिजाले अष्ट्रेलियाको मनोबल झनै उच्च छ ।

यता तेस्रो पटक उपाधि जित्ने धुनमा रहेको भारत घरेलु मैदानमा गुमाएको सरिजको साख विश्वकपमा लिन चाहान्छ । यस विश्वकपमा अष्ट्रेलिया लगातार तेस्रो र भारत दोस्रो जितको खोजिमा छन् । दक्षिण अफ्रिकाविरुद्ध १ सय २२ रन प्रहार गरेका रोहित शर्मा, कप्तान विराट कोहली, महेन्द्रसिंह धोनी, हार्दिक पान्ड्या र जसप्रित बुमराह भारतका प्रमुख हतियार हुन् । यी खेलाडीको उत्कृष्ट प्रर्दशन विना भारतको जित संभव देखिदैन ।

ओपनर शिखर धवनको खराव प्रर्दशन भारतलाई चिन्ता थपेको छ । चौथो नम्बरमा केएल राहुललाई निरन्तरता दिने वा विजय शंकरलाई मैदान उतार्ने भन्नेमा पनि भारत अन्यौलमा देखिन्छ । भारतले आजको खेलमा विजय शंकर र रविन्द्र जडेजा मध्य एकलाई मौका दिन सक्छ ।

यस प्रतियोगिताकै सन्तुलित र बलियो टोली देखिएको अष्ट्रेलिया विश्वकपमा भारतलाई हराउँदै आफ्नो दवदवाह कायम राख्न चाहान्छ । स्टिम स्मिथ, डेविड वार्नर, आरोन फिन्च, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क अष्ट्रेलियाका प्रमुख खेलाडी हुन् । भारतको सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका युवा स्पिनर एडम जम्पा पनि भारतलाई घातक बन्न सक्छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.