7 years ago
June 9, 2019
एजेन्सी – ओपनर शिखर धवनले उत्कृष्ट शतक प्रहारगरेसँगै अष्ट्रेलियाविरुद्ध भारत विशाल योगफलतर्फ लम्केको छ ।

धवनले ३३ औं ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई १ रन प्रहार गर्दै ९५ बलमा आफ्नो वान डे करियरको १७ औं शतक पुरा गरेका थिए । ३७ औं ओभरमा बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि धवनले १ सय ९ बलमा १६ चौका सहित १ सय १७ रन जोडे । उनी मिचेल स्टार्कको शिकार बने ।
ओपनर रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि २२.३ ओभरमा १ सय २७ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । यी दुईबीचको साझेदारी नाथन कुल्टर नाईलले कट निकाल्दै विकेटकीपर एलेक्स केरिबाट क्याच गराउँदै रोहितलाई पेभिलिएन फर्काए । रोहितले ७० बलमा ३ चौका र १ छक्का सहित ५७ रनको योगदान दिए । भारतले यो समचार तयार पार्न सम्म ३७ ओभरमा २ सय २० रन बनाउँदै २ विकेट गुमाएको छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]