7 years ago
June 9, 2019
एजेन्सी – ओपनर शिखर धवनको शतक र कप्तान विराट कोहलीको अर्धशतकसँगै एकदिवसीय विश्वकप अन्तर्गत भारतले अष्ट्रेलियालाई ३ सय ५३ रनको विशाल योगफल प्रस्तुत गरेको छ ।

लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनायो । भारतका लागि ओपनर शिखर धवनले शतक प्रहार गरे । धवनले ३३ ओभरको चौथो बलमा मार्कस स्टोइनिसलाई १ रन प्रहार गर्दै ९५ बलमा आफ्नो वान डे करियरको १७ औं शतक पुरा गरे । ३७ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्रीलाईन नजिकै क्याच आउट हुनुअघि धवनले १ सय ९ बलमा १६ चौका सहित १ सय १७ रन बटुले ।
ओपनर रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि २२.३ ओभरमा १ सय २७ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । यी दुईबीचको साझेदारी नाथन कुल्टर नाईलले कट निकाल्दै विकेटकीपर एलेक्स केरिबाट क्याच गराउँदै रोहितलाई पेभिलिएन फर्काए । रोहितले ७० बलमा ३ चौका र १ छक्का सहित ५७ रनको योगदान दिए ।

तल्लोक्रममा हार्दिक पान्ड्याले आक्रमक ब्याटिङ गर्दै २७ बलमा ४ चौका र ३ छक्का सहित ४८ रनमा क्याच आउट भए । प्याट कमिन्सको ४६ ओभरको पाँचौ बलमा लो फुलटस बलमा ठूलो शट खेल्ने धुनमा कप्तान फिन्चबाट पान्ड्या क्याच आउट भए । हार्दिक शून्यमा खेलिरहेको अवस्थामा ३८ ओभरको तेस्रो बलमा विकेटकीपर एलेक्स केरिले क्याच छोड्दै जीवनदान दिएका थिए । त्यस्तै कप्तान विराट कोहलीले ७७ बलमा ४ चौका र २ छक्का सहित ८२ रनमा क्याच आउट भए ।
महेन्द्रसिंह धोनीले पनि आक्रमक ब्याटिङ गर्दै विशाल योगफलसम्म पुर्याए । धोनीले १४ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा क्याच आउट भए । केएल राहुल ११ रनमा अविजित रहे । अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक २ विकेट लिए । त्यस्तै प्याट कमिन्स,नाथन कुल्टर नाईल र मिचेल स्टार्कले समान १ विकेट हात पारे ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]