default_image

6 years ago

June 20, 2019

कप्तान विलियमसनको शतकमा न्युजिल्यान्ड विजयी

153 views

0 Bookmark

एजेन्सी – कप्तान केन विलियम्सनले शतक प्रहारसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ ।

रोमान्चक खेलमा अन्तिम ओभरमा न्युजिल्यान्डलाई जितको लागि ८ रन चाहिरएको थियो । कप्तान केन विलियम्सनले एन्डिलो फहलुकवलोलाई दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गर्दै टोलीको जित पक्का गरे । योसँगै न्युजिल्यान्ड अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

२ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले शतक प्रहार गरे ।४९ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै उनले १ सय ३७ बलमा आफ्नो वान डे करियरको १२ औं शतक पुरा गरेका थिए । न्युजिल्यान्डको जितमा नायक बनेको विलियम्सनले १ सय ३८ बलमा ९ चौका र १ छक्का सहित १ सय ६ रनमा अविजित रहे ।

त्यस्तै आक्रमक ब्याटिङ गरेका अलराउण्डर कोलिन डी ग्राण्डहोमले ४७ बलमा ५ चौका र २ छक्का सहित ६० रनमा क्याच आउट भए । एक समय कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डका ग्राडहोम र विलियम्सनले छैटौं विकेटका लागि ९१ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए ।

ओपनर कोलिन मुनरो ९ रनमै आउट भए । उनलाई तेस्रो ओभरको पहिलो बलमा कागिसो रबाडाले आफैं क्याच लिदै पेभिलिएन फर्काए । १५ ओभरको अन्तिम बलमा हिट विकेटका रुपमा अर्का ओपनर मार्टिन गुप्टिल ३५ रनमा आउट भए । उनले ५९ बलमा ५ चौका प्रहार गरे । क्रिस मोरिसले रोश टेलर र टम लेथमलाई समान १ रनमा क्विन्टन डी ककबाट क्याच आउट गराएपछि न्युजिल्यान्ड संकटमा परेको थियो । जेम्श निशमले ३४ बलमा ३ चौका सहित २३ रन बटुले ।

दक्षिण अफ्रिका लागि क्रिस मोरिसले ३ विकेट हात पारे । कागिसो रबाडा,लुन्गी निडी र एन्डिलो फहवकुलोको नाममा समान १ विकेट रह्यो ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रन बनायो ।मैदान हिलो भएको केहि ढिला सुरु भएको खेल १ ओभर घटाएर ४९ मा झारिएको थियो । दक्षिण अफ्रिकाकालागि मध्यक्रमका रस्सि भान डर दुसेनले ६४ बलमा २ चौका र ३ छक्का सहित ६७ रनमा अविजित रहे । त्यस्तै क्रिस मोरिसले ६ रन बटुले ।

ओपनर हाशिम अमलाले ५५ रनको योगदान दिए । २८ ओभरको चौथो बलमा मिचेल सान्टनरले बोल्ड आउट गनुअघि अमलाले ८३ बलमा ४ चौका प्रहार गरे । दक्षिण अफ्रिकाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई ब्यक्तिगत ५ रनमा गुमाएको थियो । डी ककलाई टेन्ट्र बोल्टले बोल्ड आउट गरे । फाफ डु प्लेसिसले २३ रन बटुले । १४ ओभरको अन्तिम बलमा ल्योकी फ्ग्र्युसनले बोल्ड आउट गर्नुअघि उनले ३५ बलमा ४ चौका प्रहार गरे । युवा ब्याट्सम्यान एडेन मार्करामले ५५ बलमा ४ चौका ३८ रन बटुले ।

पाँचौ विकेटका लागि रस्सि भार दुसेन र डेविड मिलरले ७२ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ केहि उकासेका थिए । डेविड मिलरले ३७ बलमा २ चौका र १ छक्का सहित ३६ रन जोडे । उनलाई फ्ग्र्युसनले ४५ ओभरको पाँचौ बलमा बोल्टबाट क्याच गराउँदै साझेदारी तोडे ।

न्युजिल्यान्डका लागि ल्योकी फ्ग्र्युसनले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । टेन्ट्र बोल्ट,कोलिन डी ग्राण्डहोम र मिचेल सास्टनरले समान १ विकेट हात पारे ।

योसँगै न्युजिल्याड ५ खेलमा ४ मा जित सहित ९ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्यान्डले आफ्नो छैटौं खेल वेस्ट इन्डिजसँग आगमी शनिवार खेल्ने छ । ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंकका साथ इंग्ल्यान्ड दोस्रो र नेट रन रेटले पछि पर्दै अष्टेलिया तेस्रो स्थानमा छ । भारतले भने ४ खेलमा ३ मा जित निकाल्दै चौथो स्थानमा छ ।

यो हारसँगै दक्षिण अफ्रिकाको सेमिफाईनल खेल्ने संभावना कठिन बनेको छ । अफ्रिका ६ खेलमा ४ मा हार र १ मा जितका साथ ८ औं स्थानमा पुगेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.