default_image

6 years ago

June 22, 2019

नेपाली यू१९ टोली भारत नजाने

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको तयारीमा रहेको नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोली अभ्यासको लागि भारत नजाने भएको छ । नेपाली टोलीले एसीसीलाई भारत भ्रमणको प्रस्ताव पठाएपनि आजसम्म कुनै जवाफ नआएपछि नजाने भएको हो ।

यू१९ का प्रशिक्षक विनोद दासले नेपाली यू१९ टोली भारत भ्रमणमा नजाने बताएका छन् । प्रस्ताव अनुसार नेपाली यू१९ टोली भारतको बेंगलोरका स्टेट स्तरका खेलाडीसँग तीन चार अभ्यास खेल खेल्न पठाएको थियो । तर आजसम्म कुनै जवाफ नआएपछि नेपाली यू१९ टोली भारत भ्रमणमा नजाने प्रशिक्षक विनोद दासले हाम्रो खेलकुदलाई जानकारी दिए ।

‘अब हामी भारत जादैनौं । समय पनि छैन । बरु हामी एसीसीसँग कुरा गरेर मिले सम्म चार पाँच दिन अगाडीनै मलेसिया जाने सोचमा छौं’,प्रशिक्षक दासले हाम्रो खेलकुदसँग भने ।

विश्वकप चलिरहेको अवस्थामा भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई) व्यस्त हुँदा नेपालको प्रस्तावमा कुनै आधिकारीक धारणा नआएको हुनसक्ने दासको बुझाई छ । नेपालले एसीसीलाई भारतमा अभ्यास खेल्ने प्रस्ताब पठाएको थियो । एसीसीले बिसीसीआईसँग अनुमति लिनुपर्ने हुन्छ । तर नेपालको प्रस्तावमा कुनै जवाफ नआएपछि भारत भ्रमण नहुने पक्का भएको हो । मलेसिया चारपाँच दिन अघि नजाने भए नेपाल असार १५ मा मलेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

कप्तान रोहितकुमार पौडेल

नेपाली यू१९ को बन्द प्रशिक्षणमा २४ जना खेलाडीले अभ्यास गरि रहेका छन् । मलेसियामा ३० जुन देखि १० जुलाई सम्म चल्ने प्रतियोगितामा समुह ए मा नेपालसँगै सिंगापुर, म्यानमार र चीन छन् । त्यस्तै समुह बी मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ । प्रतिस्पर्धीहरु हेर्दा नेपाल यस प्रतियोगिताको प्रमुख दाबेदार टोली मानिन्छ ।

यस प्रतियोगिताको विजेतासँगै भारत,पाकिस्तान,बंगलादेश,अफगानिस्तान,यूएई र कुवेतले एसिया कपमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुर,६ जुलाईमा चीनसँग प्रतिस्पर्धा गर्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ । नेपालले यस प्रतियोगिताको लागि छिट्टै टोली घोषणा गर्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.