6 years ago
July 5, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज पाकिस्तान र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि लर्डसमा सुरु हुने छ ।

बंगलादेश प्रतियोगिबाट बाहिरिसक्दा पाकिस्तानको भने झिनो अंक गणितीय संभावना छ । पाकिस्तानले अप्रत्यासित फराकिलो जित निकाल्न सके सेमिफाइनलमा प्रवेश गर्ने छ । अष्ट्रलिया,भारत र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्दा न्युजिल्यान्यान्डको पनि लगभग पक्कापक्कि जस्तै छ ।
न्युजिल्यान्ड ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक बटुल्दै चौथो स्थानमा छ । पाकिस्तान ८ खेलमा ४ मा जित र ३ मा हारका साथ ९ अंक जोड्दै पाँचौ स्थानमा छ । यी दुवै टोलीले वर्षाको कारण एक खेलमा अंक बाडेंका थिए ।
पाकिस्तान आजको खेलमा विजयी भए ११ अंक हुने छ । तर पाकिस्तान न्युजिल्यान्ड भन्दा नेट रन रेटमा धेरैपछि छ । त्यसैले पाकिस्तानलाई सेमिफाइनलमा पुग्न जितले मात्र प्राप्त हुने छैन ।
न्युजिल्यान्डको रन रेट ०.१७५ हुँदा पाकिस्तानको –०.७९२ छ । आजको खेलमा पाकिस्तानले पहिला बलिङ गरे बाहिरिने निश्चित जस्तै छ । तर पहिला ब्याटिङ गर्दै रनको पहाड बनाउन सके झिनो आसा देखिन्छ ।

पाकिस्तानले पहिला ब्याटिङ गर्दै ४ सय रन बनाउदै बंगलादेशलाई ८४ रन भन्दा कममा रोक्न सके सेमिफाइनलमा स्थान बनाउने छ । ३ सय ५० रनको योगफल बनान सके र बंगलादेशलाई ३८ रनमा अल आउट गर्न सके सेमिफाइनलमा स्थान बन्ने छ । ४ सय ५० रनको योगफल बनाउन सके उता बंगलादेशलाई १ सय २९ रन सम्म अल आउट गर्नु पर्ने हुन्छ । तर राम्रो लयमा रहेको बंगलादेशलाई सस्तैमा रोक्न भने सहज छैन ।
हाल सम्म वान डे क्रिकेटमा सर्वाधिक फराकिलो जित २ सय ९० रहेको छ । तर आज पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ३ सय १० रन भन्दा माथिको फराकिलो जित आवश्यक पर्छ । जुन बंगलादेशमाथि पाकिस्तानले निकाल्न सम्भव देखिदैन । त्यसैले पाकिस्तान विजयी भएपनि सेमिफाइनल पुग्न असम्भ देखिन्छ ।
सेमिफाइनलमा लिग चरणका खेल सकिएपछि शीर्ष र चौथो स्थानमा रहेका टोली भिड्ने छन् । दोस्रो र तेस्रो स्थानमा रहेका टोलीबीच दोस्रो सेमिफाइनल खेल हुने छ । अष्टेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ । अष्टेलियाले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।
भारत ८ खेलमा ६ मा जित र १ मा हारका साथ १३ अंक जोड्दै दोस्रो स्थानमा छ । भारतले पनि लिग चरणको अन्तिम खेल श्रीलंकासँग खेल्न बाँकी छ । भारत र अष्टेलियाको एक एक खेलको नतिजाले सेमिफाइनल समिकरण पुरा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]