6 years ago
July 6, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई चोटले समस्या परेको छ । प्रशिक्षण नेट्समा ब्याटिङ गर्ने क्रममा मध्यक्रमका भरपर्दा ब्याट्सम्यान सन मार्श र आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल घाइते भएका छन् ।

मार्श मंगलबार अभ्यासको क्रममा प्याट कमिन्सको सर्ट बलमा घाइते हुन पुगेका थिए । म्याक्सवेल पनि सोहि पिचमा प्रशिक्षण गर्ने क्रममा घाइते भएका थिए । उनलाई मिचेल स्टार्कको बाउन्सर हातमा लागेको थियो । अर्का ब्याट्सम्यान स्टिभ स्मिथलाई पनि प्रशिक्षणमा बाउन्सर लागेको थियो । उनलाई भने कुनै चोट लागेको छैन । यी तीनै घटना १० मिनेटको अन्तरमा भएको बुझिएको छ ।
क्रिकेट अष्ट्रेलियाका अनुसार मार्शको नाडीमा गम्भीर चोट लागेको कारण उनको स्थानमा विकेटकीपर पिटर ह्यान्ड्सकम्बलाई टोलीमा बोलाइएको छ । म्याक्सवेलको अवस्था भने सामान्य रहेको र उनले केहि समय विश्राम लिने बुझिएको छ । उनले दक्षिण अफ्रीकाविरुद्ध भन्ने खेल्नेमा शंका उब्जिएको छ ।
ह्यान्ड्सकम्ब अष्ट्रेलिया ‘ए’ टोलीमा रहेर इंग्ल्यान्ड भ्रमणमा रहेकाले उनले प्रशिक्षण पनि थालिसकेका छन् । उनी दक्षिण अफ्रीकाविरुद्ध खेलका लागि उपलब्ध भएका छन् । विकेटकीपर समेत रहेका ह्यान्ड्सकम्बले २१ वान डे खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ६ सय २८ रन जोडेका छन् । उनले गत मार्चमा भारतसँगको चौथो वान डे खेलमा ३ सय ५९ रनको विशाल लक्ष्य पुरा गर्दा १ सय १७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । शन मार्शले विश्वकपमा २ खेलमा मौका पाउँदा २६ रनमात्रै बनाए ।
अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ । सेमिफाइनलमा पुगिसकेको अष्ट्रेलियाले लिग चरणको अन्तिम खेल शनिवार दक्षिण अफ्रिकासँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]