default_image

6 years ago

July 5, 2019

ओभरको सातौं बलमा विकेट लिएपछि..

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल र सिंगापुर भिड्दैछन् ।

नेपालले प्रस्तुत गरेको ३ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ब्याटिङ गर्दैछ । यसक्रममा नेपालका कुशल मल्लले ओभरको सातौं बलमा विकेट लिएपछि खेल केहिबेर रोकियो । अम्पायरले बल गन्तीमा गल्ति गरेपछि कुशलले सातौं बलमा विकेट लिएका हुन् । ३७ औं ओभरको छैटौं बलमा विकेट लिएपछि कुशलले सातौं बल फ्याँके । अम्पायरले बल गन्न भुलेपछि कुशलले लगातार बलमा विकेट लिएका हुन् ।

३७ औं ओभरको सुरुवाती ५ बलमा कुशलले तीन डट र दुई सिंगल दिएका थिए । छैटौं बलमा उनले हरी कुक्रेजालाई एलबीडब्लु धरापमा पारे । अम्पायरले ओभर सकिएको निर्देशन नदिएपछि कुशलले बलिङ गरे र सातौं बलमा नयाँ ब्याट्सम्यान निल कार्निकलाई बोल्ड गरे ।

कार्निक पेभेलियन फर्कने क्रममा उनलाई आफ्नो टोलीका खेलाडीले मैदान नछाड्न भने । अम्पायरले गल्ति पत्ता लगाएपछि कार्निकलाई केहीबेर कुर्न भने । मैदानमा थर्ड अम्पायर आएपछि छलफल गरे । केहि बेर छलफलपछि अम्पायरले कार्निकलाई बाहिर जान भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.