6 years ago
July 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – यू१९ टोलीका ओपनर रित गौतमले नेपाली क्रिकेटमा नयाँ कीर्तिमान रचेका छन् ।

सोमबार सिंगापुरविरुद्ध शतक प्रहार गर्दै रित नेपालबाट यू१६ र यू१९ क्रिकेटमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका हुन् । बुधवार मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समुह चरणको अन्तिम खेलमा रितले सिंगापुरविरुद्ध १ सय ३७ बलमा १० चौका र १ छक्का प्रहार गर्दै १ सय १५ रनमा अविजित रहे । रित आजको खेलमा म्यान अफ द म्याच समेत चुनिएका छन् ।
यसअघि रितले सन् २०१७ डिसेम्बरमा थाईल्यान्डमा सम्पन्न यू१६ इस्टर्न रिजन प्रतियोगितामा म्यानमारविरुद्ध १ सय ६ रनमा अविजित शतकीय इनिङ खेलेका थिए । उक्त खेलमा रितले ७८ बलमा १२ चौका सहित १ सय ६ रनमा अविजित रहेपछि नेपालले ३५ ओभरमा ६ विकेटको क्षतिमा ३ सय ५० रन बनाएको थियो ।
३ सय ५१ रनको लक्ष्य पछ्याएको म्यानमार ११.३ ओभरमा १३ रनमा अल आउट भएपछि नेपाल ३ सय ३७ रनले विजयी भएको थियो । उक्त प्रतियोगितामा रित ओपनर नभएर मध्यक्रममा ब्याटिङ गरेका थिए । रित दुवै उमेर समुहमा शतक प्रहार गर्ने नेपालका पहिलो ब्याट्सम्यान हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]