6 years ago
July 5, 2019
एजेन्सी – नेपाल एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको समुह ‘ए’ को विजेता बनेको छ । बुधबार सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको थियो । ३ सय २७ रनको विशाल लक्ष्य पक्ष्याएको सिंगापुर ३९.१ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो ।
नेपालले अब आगमी सोमबार समुह बी को उप विजेतासँग सेमिफाइनल खेल्ने छ । तुलानात्मक रुपमा कमजोर सिंगापुरमाथि नेपाल ब्याटिङ र बलिङ दुबैमा पूर्णरुपमा हाबी रह्यो । त्यस्तै नेपाललाई फराकिलो जित दिलाउदै समुह विजेता बनाउन यी तीन खेलाडीको प्रर्दशन अन्य खेलाडीको तुलनामा निकै महत्वपूर्ण रह्यो ।
३.खडक बहादुर बोहरा
यू१९ टोलीमा पहिलो खेल खेलेका खडक बहादुर बोहराको ब्याटिङ शैली हेर्दा अनुभवि ब्याट्सम्यानको भन्दा कुनै कमि थिएन । एक महिना अघि प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै यू१९ टोलीमा स्थान बनाएका उनले सुरुवात देखीनै आक्रमक रुपमा प्रस्तुत भएका थिए । खडकले चीनबिरुद्ध डेब्यू गरेपनि ब्याटिङ गर्न पाएका थिएनन् ।

१५ ओभरको चौथो बलमा ओपनर पवन सरार्फ आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका खडकले ४० ओभरको पहिलो बलमा प्रनव सुदर्शन राजेश कृष्णनले एलबी डब्लू आउट गर्नु अघि ९० बलमा १२ चौका सहित ९० रनको योगदान दिए । दोस्रो विकेटका लागि खडकले रितसँग १ सय ३१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।
२. कुशल मल्ल
नेपाललाई सहज जित दिलाउन कुशल मल्लको अलराउण्डर प्रर्दशन उत्कृष्ट रह्यो । ४३ ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ७ रनमा क्याच आउट भएपछि मैदान छिरेका कुशलले विश्फोटक ब्याटिङ गरे । उनले ४६ औं ओभरको तेस्रो,चौथो र पाँचौ बलमा लगातार छक्का प्रहार गरे । कुशल यतिकैमा रोकिएनन् । अन्तिम ओभरमा ४ चौका र १ छक्का सहित कुल २२ रन बटुले । उत्कृष्ट फिनिसिङ गरेका कुशलले २३ बलमा ४ चौका र ५ छक्का सहित कुल ५१ रनमा नट आउट रहे । कुशलले आफ्नो दबदबा बलिङमा पनि राखे । सिंगापुरका प्रमुख ४ ब्याट्सम्यानलाई आफ्नो शिकार बनाए ।

उनले कप्तान भिनित मेहतालाई ५ रनमा एलवी डब्लू आउट गरे । यतिश अरोरालाई कप्तान रोहित कुमार पौडेलबाट ३ रनमा क्याच गराए । सिंगापुरबाट सर्वाधिक रन बनाउने हरी कुक्रेजालाई ३० रनमा एलबी डब्लू आउट गरे । घातक बलिङ गरेका मल्लले ९.१ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ४ विकेट लिए । उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपनि ‘म्यान अफ द म्याच’ भने बन्न सकेनन् ।
१.रित गौतम
नेपालको जितमा ओपनर रित गौतमको शतक विशेष रह्यो । नेपालको तर्फबाट यू१६ र यू१९ क्रिकेटमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका रित एक तर्फबाट जमेर खेल्दा अर्कोतर्फबाट खडक,कुशल र पवनलाई ठूला शट खेल्न सहज भएको थियो ।

रितले सिंगापुरका बलरलाई निरन्तर दबाबमा राखि रहे । रितले १ सय ३७ बलमा १० चौका र १ छक्काको सहयोगमा १ सय १५ रनमा अविजित रहे । रित खेलमा ‘म्यान अफ द म्याच’ चुनिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]