6 years ago
July 11, 2019
एजेन्सी – उपाधिको बलियो दाबेदार मानिएको भारत न्युजिल्यान्डसँग अप्रत्याशित हार बेहोर्दै एकदिवसीय क्रिकेट विश्वकप २०१९ को सेमिफाइनलबाटै बाहिरिएको छ ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा न्युजिल्यान्डसँग अविश्वसनिय १८ रनको हारसँगै यस विश्वकपमा भारतको यात्रा समाप्त भएको हो । २ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम ओभरमा अलआउट हुनुअघि २ सय २१ रनमात्रै बनाउन सक्यो । बलिङमा उत्कृष्ट प्रर्दशन गरेको भारतका लागि रविन्द्र जडेजाले ५९ बलमा समान ४ चौका र छक्का सहित ७७ रनको योगदान दिएपनि जितको लागि पर्याप्त भएन । उपाधीको प्रमुख दाबेदार मानिएको भारतलाई सेमिफाइनलबाटै घर फर्काउन न्युजिल्यान्डका यी तीन खेलाडीको प्रर्दशन महत्वपूर्ण रह्यो ।
३. रोश टेलर
रोश टेलर न्युजिल्यान्डका सर्वाधिक भरपर्दा र अनुभवी ब्याट्सम्यान हुन् । भारतलाई सेमिफाइनलबाटै घर फर्काउन उनको जिम्मेवारीपूर्ण अर्धशतक महत्वपूर्ण रह्यो । ४८ ओभरमा रन आउट हुनुअघि टेलरले ९० बलमा ३ चौका र १ छक्का सहित ७४ रनको महत्वपूर्ण इनिङ खेलेपछि न्युजिल्यान्ड प्रतिस्पर्धात्मक योगफलमा पुगेको थियो ।

टेलरले कप्तान केन विलियमसनसँग तेस्रो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी पनि गरेका थिए । न्युजिल्यान्डलाई मध्यम लक्ष्यसम्म पुर्याउन टेलरको प्रर्दशन महत्वपूर्ण रह्यो । जसको कारण बलरहरुले उत्कृष्ट प्रर्दशन न्युजिल्यान्डको जित पक्का गरे ।
२.ट्रेन्ट बोल्ट
तीव्र गतिका बलर ट्रेन्ट बोल्टले न्युजिल्यान्डको जित पक्का गर्न दुई विकेट महत्त्वपूर्ण विकेट लिए । बोल्टले तेस्रो ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई १ रनमा एलवी डब्लू आउट गर्दै पेभिलिएन फर्काए । विराटको विकेटपछि न्युजिल्यान्ड खेलमा पूर्णरुपमा हाबी बन्यो । प्रमुख र ठूलो आसा गरिएका विराटलाई १ रनमा आउट भएपछि भारत निरन्तर दबाबमा पर्यो ।

सातौं विकेटका लागि महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको शतकीय साझेदारी गर्दै जितको आसा देखाएका थिए । जडेजाले आक्रमक ब्याटिङ गर्दै भारतको जितको सम्भावना कायमै राखि रहेका थिए । तर बोल्टले ४८ ओभरको पाँचौं बलमा जडेजालाई बाउन्डी लाइन नजिकै कप्तान केन विलियमसनबाट ७७ रनमा क्याच गराएपछि न्युजिल्यान्डको जित पक्का बनेको थियो । बोल्टले १० ओभरमा २ मेडन सहित ४२ रन खर्चेर दुई निर्णायक विकेट लिए ।
१. म्याट हेनरी
भारतलाई मध्यम योगफलमा रोक्दै न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन तीव्र गतिका बलर म्याट हेनरी नायक बने । मध्यम लक्ष्य भारतले सहजै पुरा गर्न सक्ने धेरैले अनुमान गरेका थिए । तर त्यो अनुमानलाई गलत सावित गर्न हेनरीले उत्कृष्ट प्रर्दशन गरे । हेनरीले यस विश्वकपमा ५ शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका रोहित शर्मालाई दोस्रो ओभरको तेस्रो बलमा कट विहाइन्ड निकाल्दै विकेटकीपर टम लेथमबाट १ रनमा क्याच आउट गराए । हेनरी यतिकैमा रोकिएनन् ।

हेनरीले चौथो ओभरको पहिलो बलमा राहुललाई १ रनमा क्याच आउट गराउँदै आफ्नो दबदबा कायमै राखे । दशौं ओभरको अन्तिम बलमा हेनरीले दिनेश कार्तिकलाई ६ रनमा जेम्श निशमबाट उत्कृष्ट क्याच आउट गराएपछि न्युजिल्यान्ड पूर्ण रुपमा हावी बनेको थियो । जसको फाइदा उठाउँदै मिचेल सान्टनारले मध्यक्रमका ऋषभ पन्त र हार्दिक पान्ड्यालाई आउट गरेका थिए ।
भारतले राम्रो सुरुवात गरेको भए न्युजिल्यान्डको जित कठिन बन्ने पक्का थियो । तर हेनरीले त्यसो हुन दिएनन् । सम्रगमा हेनरीले १० ओभरमा १ मेडन सहित ३७ रन खर्चेर विकेट लिए । हेनरी नै खेलमा म्यान अफ द म्याच चुनिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]