6 years ago
July 11, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै छन् ।

खेल नेपाली समय अनुसार दिउँसो ३:१५ पछि बर्घिङघममा सुरु हुने छ । आजको विजेता टोलीले उपाधिको लागि १४ जुलाईमा न्युजिल्यान्डसँग खेल्ने छ । बुधबार पहिलो सेमिफाइनलमा भारतलाई स्तब्ध पार्दै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरि सकेको छ । लिग चरणको खेलमा इंग्ल्यान्ड अष्ट्रेलियासँग ६४ रनले पराजित भएको थियो ।
इंग्ल्यान्ड सन् १९९२ को विश्वकप यता फाइनलमा पुग्न सकेको छैन । त्यसैले घरेलु टोली इंग्ल्यान्ड २७ वर्षपछि फाइनलमा पुग्ने धुनमा छ । इंग्ल्यान्ड र अष्ट्रेलियाबीच विश्वकपमा ८ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड २ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । पछिल्लो चार वर्षमा इंग्ल्यान्डको टोलीमा ब्यापक सुधार आएको छ । यी तीन खेलाडी जसले आफ्नो उत्कृष्ट प्रर्दशन अष्ट्रेलियालाई निराश बनाउँदै २७ वर्षपछि इंग्ल्यान्डलाई फाइनलमा पुर्याउन सक्छन् ।
३. बेन स्टोक्स(अलराउन्डर)
अलराउन्डर बेन स्टोक्सको प्रर्दशन आजको खेलमा महत्वपूर्ण हुने छ । स्टोक्स दबाबमा रन बटुल्न र ठूला सर्ट खेल्न सक्छन् । जारी विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका स्टोक्सले ९ खेलमा ४ अर्ध शतक सहित ३ सय ८१ रन बनाई सकेका छन् । स्टोक्सले अष्ट्रेलियाविरुद्ध ८९ रनको उत्कृष्ट इनिङ खेल्दा पनि इंग्ल्यान्ड पराजित हुन पुगेको थियो । त्यस्तै श्रीलंकासँगको खेलमा ८२ रनमा अविजित रहेका थिए । स्टोक्स तल्लोक्रममा ठूला ठूला प्रहार गर्न सक्छन् ।

स्टोक्सले ब्याटिङमात्रै होइन तीव्र गतिमा बलिङबाट टोलीको जित सहज बनाउन सक्छन् । उनले जारी विश्वकपका ९ खेलमा ८ विकेट लिएका छन् । स्टोक्सले ८० वान डे इनिङमा ३ शतक र १९ अर्ध शतक सहित कुल २ हजार ५ सय ९८ रन बनाएका छन् । त्यस्तै ७८ वान डे इनिङमा उनले ७० विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ५– ६१ छ । आजको खेलमा स्टोक्सको प्रर्दशन महत्त्वपूर्ण हुनेछ ।
२. जो रुट (ब्याट्सम्यान)
जो रुट इंग्ल्यान्डका शीर्षक्रमका सर्वाधिक भरपर्दा ब्याट्सम्यान हुन् । रुट टोलीले टोलीको आवश्यकता अनुसार खेल्ने गर्दछन् । उनलाई आउट गर्न जो कोही बलरलाई कठिन पर्ने गर्दछ । बाउन्ड्री भन्दापनि डबल सिंगल रनमा बढि ध्यान दिने रुटले हतपत आफ्नो विकेट गुमाउँदैनन् ।

रुटले जारी विश्वकपमा २ शतक र ३ अर्ध शतक सहित कुल ५ सय रन जोडेका छन् । उनले पाकिस्तान र वेस्ट इन्डिजको खेलमा शतक प्रहार गरेका थिए । रुटले १ सय ३३ वान डे इनिङमा १६ शतक र ३३ अर्ध शतक सहित कुल ५ हजार ८ सय रन बटुलेका छन् । उनले पार्ट टाईम स्पिन बलिङ पनि राम्रो गर्ने गर्दछन् ।
१. जोफ्रा आर्चर (बलर)
तीव्र गतिका बलर जोफ्रा आर्चरको प्रर्दशन आजको खेलमा निर्णायक बन्न सक्छ । फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै दुई महिना अघिमात्रै इंग्ल्यान्डको टोलीमा डेब्यू गरेका आर्चरले राम्रो प्रभाव छाडेका छन् । इंग्ल्यान्डलाई २७ वर्षपछि सेमिफाइनल सम्म पुर्याउन आर्चरको प्रर्दशन पनि महत्वपूर्ण छ ।

आर्चरले यस विश्वकपमा ९ खेलमा १७ विकेट हात पारेका छन् । इंग्ल्यान्डको तर्फबाट एकै विश्वकपमा १७ विकेट लिने आर्चर पहिलो बलर समेत हुन् । आर्चर तीव्र गतिसँगै बल बाउन्स र योर्करको लागि सिपालु छन् । आर्चरले तल्लोक्रममा ठूलो सट प्रहार गर्ने क्षमता पनि राख्ने गर्दछन् । आर्चरले आफ्नो उत्कृष्ट प्रर्दशनमा अष्ट्रेलियालाई स्तब्ध पार्दै इंग्ल्यान्डलाई फाइनलमा पुर्याउन सक्छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]