default_image

6 years ago

July 11, 2019

अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने

114 views

0 Bookmark

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने भएको छ ।

बर्मीङघममा टस जितेर अष्ट्रेलियाका कप्तान आरोन फिन्चले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । अष्ट्रेलियाले आजको खेलमा उस्मान खवाजाको स्थानमा पिटर हेन्डस्कम्वलाई मैदान उतारेको छ । इंग्ल्यान्डले भने कुनै खेलाडी परिवर्तन गरेको छैन ।

इंग्ल्यान्डको टोली : जोसन रोय,जोनी बेयरस्टो,जो रुट,इओम मोर्गन(कप्तान),बेन स्टोक्स,जस बटलर,क्रिस वोक्स,लियाम प्लन्केट,जोफ्रा आर्चर,आदिल राशिद,मार्क उड ।

अष्ट्रेलियको टिम : डेविड वार्नर,आरोन फिन्च(कप्तान),स्टिभ स्मिथ,पिटर हेन्डस्कम्व,मार्कस स्टोइनिस,ग्लेन म्याक्सवेल,एलेक्स केरी,प्याट कमिन्स,मिचेल स्टार्क,जेसन हेरनडर्फ र नाथन लायन ।

आजको विजेता टोली फाइनला मा पुग्ने छ । बुधबार भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा स्थान पक्का गरिसकेको छ । आजको विजेताले उपाधिको लागि जुलाई १४ मा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको खेलमा इंग्ल्यान्ड अष्ट्रेलियासँग ६४ रनले पराजित भएको थियो । अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

अष्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलिया साविक विजेता टोली हो । इंग्ल्यान्ड पहिलो पटक उपाधि जित्ने धुनमा छ । इंग्ल्यान्ड सन् १९९२ को फाइनलमा पाकिस्तानसँग २२ रनले हारेदेखी फाइनलमा पुग्न सकेको छैन । अष्ट्रेलिया लगातार र इंग्ल्यान्ड २७ वर्षपछि फाइनलमा पुग्ने धुनमा छन् । इंग्ल्यान्डको लागि जारी जो रुट, बेन स्टोक्स र जोफ्रा आर्चर प्रमुख खेलाडी हुन् । अष्ट्रेलियाका लागि जारी विश्वकपमा २६ विकेट लिएका मिचेल स्टार्क प्रमुख हतियार हुन् । त्यस्तै उत्कृष्ट प्रर्दशन गरि रहेका डेविड वार्नर र आरोन फिन्चको प्रर्दशन पनि महत्वपूर्ण हुने छ ।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीच विश्वकपमा ८ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड २ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । यी दुईदेशबीच १ सय ४८ वान डे खेलमा इंग्ल्यान्ड ६१ खेलमा विजयी हुँदा ८२ खेलमा पराजित भएको छ। ५ खेलको नतिजा बिहीन छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.