6 years ago
July 11, 2019
एजेन्सी – अष्ट्रेलियाले एक दिवसिय विश्वकप २०१९ को दोस्रो सेमिफाइनलमा घरेलु टोली इंग्ल्यान्डबिरुद्ध खराब प्रर्दशन गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्ट्रेलियाले दोस्रो ओभरको पहिलो बलमा ओपनर तथा कप्तान आरोन फिन्चलाई शुन्यमा गुमाएको थियो । उनलाई जोफ्रा आर्चरले एलबी डब्लू आउट गरे । तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर डेविड वार्नर ९ रनमा क्याच आउट हुन पुगे । उनलाई क्रिस वक्सले जोनी बेयरस्टोबाट क्याच आउट गराउँदै सुरुवाती समय दबाबमा राखे ।
वक्सले सातौ ओभरको पहिलो बलमा पिटर हेन्डस्कम्बलाई ४ रनमा बोल्ड आउट गरेपछि अष्ट्रेलिया १४-३ को कमजोर अवस्थामा पुगेको छ । अष्ट्रेलियाले घाइते भएका उस्मान खवाजालाई बाहिर राख्दै ह्यान्ड्सकम्बलाई मौका दिएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]