6 years ago
July 12, 2019
एजेन्सी – अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले एकदिवसिय विश्वकप क्रिकेटमा नयाँ रेकर्ड कायम गरेका छन् ।

इंग्ल्यान्डसँगको सेमिफाइनल खेलमा १८ औं ओभरको दोस्रो बलमा जोनी बेयरस्टोलाई ३४ रनमा एलबीडब्लू आउट गर्दै स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बने । यस विश्वकपमा स्टार्कले १० खेलमा २७ विकेट लिए ।
यसअघि अष्ट्रेलियाकै ग्लेन मक्ग्राथले सन् २००७ को विश्वकपमा लिएको २६ विकेटनै एकै विश्वकपमा एकै बलरले लिएको सर्वाधिक विकेट रहँदै आएको थियो । स्टार्कको प्रदर्शनका बाबजुद अष्ट्रेलियाको विश्वकप यात्रा भने सेमिफाइनलमा नै समाप्त भयो । इंग्ल्यान्डले ८ विकेटको जित दर्ता गर्दै फाइनलमा स्थान बनायो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]