default_image

6 years ago

July 13, 2019

इंग्ल्यान्डलाई पहिलो पटक विश्वकप जिताउन सक्ने ४ खेलाडी

126 views

0 Bookmark

एजेन्सी – घरेलु मैदानमा पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जित्ने सुनौलो अवसर रहको इंग्ल्यान्डले आइतबार फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित हुँदै तीन पटक उप विजेतामा निराश बनेको इंग्ल्यान्ड यस पटक भने च्याम्पियन बन्न चाहान्छ । तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको घरेलु टोली इंग्ल्यान्डले पाँच पटकको विजेता अष्टेलियालाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता न्युजिल्यान्ड पनि उपाधिको प्रमुख दाबेदार भारतलाई सेमिफाईनलमा १८ रनले पराजित गर्दै फाइनलमा लगातार स्थान बनाउन सफल रह्यो । तुलानात्मक रुपमा न्युजिल्यान्ड भन्दा इंग्ल्यान्ड बलियो देखिन्छ । लिग चरणको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

यस विश्वकपले नयाँ विजेता पाउने छ । न्युजिल्यान्डले पनि हालसम्म उपाधि जित्न सकेको छैन । सन् २०१५ विश्वकप फाइनलमा न्युजिल्यान्ड अष्ट्रेलियासँग पराजित भएको थियो । इंग्ल्यान्ड लिग चरणको नतिजा फाइनलमा निरन्तरता दिन चाहान्छ । यी ४ खेलाडी जसले आफ्नो उत्कृष्ट प्रर्दशनमा इंग्ल्यान्डलाई पहिलो पटक विश्वकपको उपाधि दिलाउन सक्छन् ।

४. जेसन रोय (ब्याट्सम्यान)

उत्कृष्ट लयमा रहेका ओपनर जोसन रोयको प्रर्दशन इंग्ल्यान्डको लागि महत्वपूर्ण हुने छ । २७ वर्षपछि इंग्ल्यान्डलाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रर्दशन गरि रहेका रोयले अष्टे«लियासँगको सेमिफाइनल खेलमा ८५ रनको महतवपूर्ण इनिङ खेल्दै फाइनलमा स्थान पक्का गरेका थिए । रोयले भारतसँगको खेलमा ६६ र न्युजिल्यान्डसँगको खेलमा ६० रन जोडेका थिए । उनले जारी विश्वकपमा ६ इनिङमा १ शतक र ४ अर्ध शतक सहित कुल ४ सय २६ रन बनाएका छन् ।

रोयले बंगलादेशविरुद्ध १ सय ५३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनले ८० वान डे इनिङमा ९ शतक र १८ अर्ध शतक सहित कुल ३ हजार ३ सय ६४ रन बनाएका छन् । ओपनर रोय ठूला सर्ट र इनिङको लागि परिचित छन् । रोयले आफ्नो एक्लो प्रर्दशनमा टोलीको सहज जित पक्का गर्न सक्छन् । फाइनलमा इंग्ल्यान्डले पनि रोयबाट त्यस्तै उत्कृष्ट प्रर्दशनको अपेक्षा गरेको छ ।

३. बेन स्टोक्स (अलराउन्डर)

अलराउन्डर बेन स्टोक्सको प्रर्दशन इंग्ल्यान्डको लागि निर्णायक बन्न सक्छ । स्टोक्स दबाबमा रन बटुल्न र ठूला सर्ट खेल्न माहिर छन् । जारी विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेका स्टोक्सले ९ खेलमा ४ अर्ध शतक सहित ३ सय ८१ रन बनाई सकेका छन् । स्टोक्सले अष्ट्रेलियाविरुद्ध समुह चरणमा ८९ रनको उत्कृष्ट इनिङ खेलेका थिए । त्यस्तै श्रीलंकासँगको खेलमा ८२ रनमा अविजित रहे । स्टोक्स तल्लोक्रममा ठूला ठूला प्रहार गर्न सक्छन् ।

स्टोक्सले ब्याटिङमात्रै होइन तीव्र गतिमा बलिङबाट टोलीको जित सहज बनाउन सक्छन् । उनले जारी विश्वकपका ९ खेलमा ८ विकेट लिएका छन् । स्टोक्सले ८० वान डे इनिङमा ३ शतक र १९ अर्ध शतक सहित कुल २ हजार ५ सय ९८ रन बनाएका छन् । त्यस्तै ७९ वान डे इनिङमा उनले ७० विकेट लिएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ५– ६१ छ । स्टोक्सले आफ्नो अलराउण्डर प्रर्दशनमा इंग्ल्यान्डलाई पहिलो उपाधि पक्का गर्न सक्छन् ।

२. जो रुट (ब्याट्सम्यान)

जो रुट इंग्ल्यान्डका शीर्षक्रमका सर्वाधिक भरपर्दा ब्याट्सम्यान हुन् । टोलीको आवश्यकता अनुसार खेल्ने उनलाई आउट गर्न जो कोही बलरलाई कठिन पर्ने गर्दछ । रुट बाउन्ड्री भन्दापनि डबल सिंगल रनमा बढि ध्यान दिने गर्दछन् । डवल सिंगल रनबाटै रुटले बलरलाई दबाबमा राख्ने गर्दछन् ।

रुटले जारी विश्वकपमा १० खेलमा २ शतक र ३ अर्ध शतक सहित कुल ५ सय ४९ रन जोडेका छन् । रुट अष्ट्रेलियासँगको सेमिफाइनल खेलमा ४९ रनमा अविजित रहँदै जित पक्का गरेका थिए । उनले पाकिस्तान र वेस्ट इन्डिजको खेलमा शतक प्रहार गरेका थिए । रुटले १ सय ३४ वान डे इनिङमा १६ शतक र ३३ अर्ध शतक सहित कुल ५ हजार ८ सय ४९ रन बटुलेका छन् । उनले पार्ट टाईम स्पिन बलिङ पनि राम्रो गर्ने गर्दछन् । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान रुट जसले आफ्नो उत्कृष्ट प्रर्दशनमा इंग्ल्यान्डलाई पहिलो उपाधि दिलाउन सक्छन् ।

१. जोफ्रा आर्चर (बलर)

तीव्र गतिका बलर जोफ्रा आर्चर आफ्नो बाउन्सर बलमै पनि ब्याट्सम्यानलाई दबाबमा राख्ने गर्दछन् । अष्ट्रेलियासँगको सेमिफाइनल खेलमा आर्चरको बाउन्सर बलले लागेका विकेटकीपर एलेक्स केरि घाइते हुन पुगेका थिए । फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै दुई महिना अघिमात्रै इंग्ल्यान्डको टोलीमा डेब्यू गरेका आर्चर यस विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा तेस्रो स्थानमा छन् । इंग्ल्यान्डलाई २७ वर्षपछि फाइनल सम्म पुर्याउन आर्चरको प्रर्दशन महत्वपूर्ण छ ।

अष्ट्रेलियासँगको सेमिफाइनल खेलमा आर्चरले कप्तान आरोन फिन्च र ग्लेन म्याक्सवेलको महत्वपूर्ण विकेट लिनुको साथै कसिलो बलिङ गरेका थिए । आर्चरले यस विश्वकपमा १० खेलमा १९ विकेट हात पारेका छन् । इंग्ल्यान्डको तर्फबाट एकै विश्वकपमा १९ विकेट लिने आर्चर पहिलो बलर समेत हुन् । आर्चर तीव्र गतिसँगै बल बाउन्स र योर्करको लागि सिपालु छन् । आर्चर तल्लोक्रममा ठूलो सट प्रहार गर्ने पनि त्यतिकै माहिर छन् । आर्चरले आफ्नो उत्कृष्ट प्रर्दशनमा इंग्ल्यान्डलाई पहिलो पटक उपाधि दिलाउन नायक बन्न सक्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.