default_image

6 years ago

August 2, 2019

सोमपालको टोली हक्स पराजित

122 views

0 Bookmark

एजेन्सी – ग्लोबल टि२० क्यानडा अन्तर्गत बिहीबार राती सम्पन्न खेलमा ब्राम्पटन वोल्भीले नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सलाई ७ विकेटले पराजित गरेको छ ।

हक्सले प्रस्तुत गरेको १ सय १७ रनको सामान्य लक्ष्य ब्राम्पटनले १४.३ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । उसको सहज जितमा कप्तान कोलिन मुनरोले ३१ बलमा ३ चौका र ४ छक्का सहित ५३ रनमा अविजित रहे । त्यस्तै बाबर हायतले ३७ रनमा अविजित रहे । हक्सका लागि मोहम्मद इफरानले २ विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको हक्स १८.५ ओभरमा अल आउट हुँदै १ सय १६ रनमा समेटिएको थियो । उसका लागि शैमान अनवारले ३१,सन्नी सोहल १६ र कलिम सनाले २७ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

हक्सका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हक्सलाई सस्तैमा समेट्न रोहन मुस्तफा,इश सोधी,शाहिद अफ्रिदी र जहुर खानले समान २ विकेट लिए । यस खेलमा सोमपाललाई हक्सले मौका दिएको थिएन ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.