6 years ago
August 4, 2019
भुपेन्द्र जिसी, काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनले नेपाली क्रिकेट अभिभावकविहिन छ । यसले गर्दा नेपाली क्रिकेट नै अगाडि बढ्न सकिरहेको अवस्था छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र एसियाली क्रिकेट परिषद (एसीसी) को सहकार्यमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने सहभागिता जनाइरहेको छ ।

केहि हदसम्म घरेलु क्रिकेटका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पनि सहयोग गरेको छ । तर सबै यी पक्षका सहकार्य र सहयोग टोलीको हरेक पक्षमा जिम्मेवारीपूर्ण रुपमा अगाडि बढ्न भने गम्भीर देखिएका छैनन् । यसपटक उक्त चपेटामा नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली परेको छ ।
एसीसी यू१९ एसिया कप अर्को महिना श्रीलंकामा हुँदैछ । प्रतियोगिता सुरु हुन एक महिना मात्र बाँकी रहँदा नेपालको प्रशिक्षण भने कहिलेदेखि सुरु हुने भन्ने निश्चित छैन । सेप्टेम्बर देखि १४ सम्म हुने उक्त प्रतियोगिताका लागि भारतले यू१९ टोली घोषणा गरिसकेको छ । अन्य टोली पनि अन्तिम टोली घोषणा गर्ने तयारीमा छन् । तर नेपालको प्रशिक्षण नै अन्यौलमा छ । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, यूएई, नेपाल र कुवेत छन् ।
नेपाल अघिल्लो महिना मलेसियामा सम्पन्न एसीसी यू१९ इस्टर्न रिजनको च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको हो । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बन्द प्रशिक्षणको लागि नेपाललाई स्वीकृति नपठाउँदा ढिलाई भएको यू१९ टोलीका प्रशिक्षक विनोद दासले हाम्रो खेलकुदलाई जानकारी दिए ।
‘हामी मंगलबारदेखि बन्द प्रशिक्षण गर्ने तयारीमा छौं । यसबारे सबै खेलाडीलाई जानकारी पनि दिइसकेका छौं । तर एसीसीले आजसम्म पनि स्वीकृति पठाएको छैन । स्विकृतीबिना प्रशिक्षण गर्न मिल्दैन,’ दासले भने । ‘आज वा भोली सम्म पठाउँछ की भन्नेमा आशावादी छौं । निरन्तर कुरा पनि भइरहेको छ । स्वीकृति आउन ढिला भए प्रशिक्षण पनि ढिला सुरु हुनेछ”,उनले भने ।
दासका अनुसार यसपटक १९ खेलाडीलाई टोली बन्द प्रशिक्षणमा बोलाईने छ । एसीसी यू१९ इस्टर्न रिजनका १५ र उक्त प्रतियोगिताका लागि वैकल्पिक सुचिमा रहेका ४ खेलाडीलाई प्रशिक्षणमा बोलाइने दासले जानकारी दिए । एसीसीले प्रशिक्षणको लागि १९ खेलाडीलाई मात्रै अनुमती दिएको दासले बताए ।
अभ्यासको लागि विदेशी टोलीसँग खेल्न राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पनि जानकारी दिएको दासले बताए । एसीसीको स्विकृतीपछि पुन: राखेपसँग विदेश अभ्यासको बारे कुरा गर्ने दासको योजना छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]