default_image

6 years ago

August 27, 2019

‘पुरुष भन्दा महिला टोलीको विश्वकप सम्भावना बलियो’

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि नेपाली महिला राष्ट्रिय टोली हाल प्रशिक्षणमा छ ।

राष्ट्रिय पुरुष टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले हाल महिला टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । उनीसँगै निरा राजोपाध्याय, महेश रिजाल, स्याम्सन जंग थापा र राजेश पोखरेलले टोलीलाई प्रशिक्षण दिइरहेका छन् । प्रारम्भिक छनोटमा रहेका ३४ खेलाडी हाल दैनिक प्रशिक्षणमा रहेका छन् । सबै खेलाडी बन्द प्रशिक्षणमा रहेको झन्डै २ साता बितिसकेको छ ।

टोलीका प्रशिक्षक जगत टमाटाले वर्षाका कारण टोलीको प्रशिक्षण केहि प्रभावित भएपनि योजनावद्ध ढंगले प्रशिक्षण अगाडी बढिरहेको बताए । प्रशिक्षक टमाटाका अनुसार केहि दोस्रो चरणमा २५ खेलाडीको छनोट गरिनेछ । यसबीचमा टोलीले आफूबीच नै ६ मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । यसअघि विनोद दासले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टोलीको प्रशिक्षण सम्हालेका थिए ।

प्रशिक्षक टमाटाले नेपाली महिला टोलीको स्तर निकै राम्रो रहेको अभिव्यक्ति दिए । उनले पुरुष टोलीको तुलनामा महिला टोलीको विश्वकप खेल्ने सम्भावना पनि बढी रहेको बताए । दक्षिण एसियाली खेलकुदको तयारी र महिला टोलीबारे प्रशिक्षक जगत टमाटासँग गरिएको भिडियो कुराकानी :

प्रारम्भिक छनोटमा रहेका खेलाडीहरु:
१. रुविना क्षेत्री (कप्तान)
२. सिता रानामगर
३. करुणा भण्डारी
४. रोमा थापा
५. काजल श्रेष्ठ
६. सरिता मगर
७. इन्दु वर्मा
८. कविता कुँवर
९. नेरी थापा
१०. अप्सरी बेगम
११. अन्जली चन्द
१२. सोनु खड्का
१३. ममता चौधरी
१४. कविता जोशी
१५. विन्दु रावल
१६. ज्योति पाण्डे
१७. ऋतु कनौजिया
१८. आरती बिडारी
१९. सोमु विष्ट
२०. रेखा रावल
२१. डली भट्ट
२२. रेवती धामी
२३. सरस्वति चौधरी
२४. सरस्वति पुन मगर
२५. सुमन खतिवडा
२६. अश्मिना कर्माचार्य
२७. खुसी डंगोल
२८. रश्मी शर्मा
२९. सबनम राई
३०. संगीता राई
३१. ममता थापा
३२. मंजु बोगटी
३३. शोभा आले
३४. लक्ष्मी चौधरी

प्रारम्भिक टोलीको छनोट ३ सदस्यीय समितिले गरेको थियो । समितिमा मुख्य प्रशिक्षक टमाटासहित राखेप प्रतिनिधि सुमन राज कार्की र शैलेश कर्माचार्य रहेका थिए ।

टोलीको प्रशिक्षणको तस्बिरहरु:

तस्बिर हेर्न यहाँ थिच्नुहोस्

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.