default_image

5 years ago

September 9, 2019

सन्दीपको बार्बाडोस पहिलो खेलमै पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्ट्सले गुयना एमेजेन वारीयर्ससँग ४७ रनले पराजित भएको छ । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोस १६.४ ओभरमा अल आउट हुँदै १ सय ३३ रनमा समेटियो । बार्बाडोसका लागि एशले नर्सले २५ बलमा समान ३ चौका र छक्का सहित ४० रनको योगदान दिए । […]

27 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्ट्सले गुयना एमेजेन वारीयर्ससँग ४७ रनले पराजित भएको छ । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोस १६.४ ओभरमा अल आउट हुँदै १ सय ३३ रनमा समेटियो ।

बार्बाडोसका लागि एशले नर्सले २५ बलमा समान ३ चौका र छक्का सहित ४० रनको योगदान दिए । जेपी ड्युमिनी २०,जोनसन चाल्स १९ र लेनिको बाउचरले १६ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । गुयनाका लागि रोमारियो शेफर्डले २.४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सादब खानले २,सोएब मालिक र चन्द्रपाल हेमराज समान १ विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको गुयनाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । गुयनाका लागि विकेटकीपर निकोलस पुरन ३० बलमा ५ छक्का र ३ चौका सहित ६१ रनको महत्वपूर्ण योगदान दिदै म्यान अफ द म्याच चुनिए । त्यस्तै चन्द्रपाल हेमराजले ५५ बलमा ६ चौका र ३ छक्का सहित ६३ रन जोडे ।

शेरफेन रदरफोर्डले १४ बलमा ४ छक्का सहित ३२ रनमा अविजित रहे । रोशोन प्राइमसले २,जोसन होल्डर र रेमन राइफरले समान १ विकेट लिए । १ ओभरमात्रै बलिङ गर्ने मौका पाएका सन्दीपले ५ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् । बार्बाडोसले अब सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटससँग बिहीबार बिहान खेल्ने छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.