6 years ago
September 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू-१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध औसत सुरुवात गरेको छ । नेपालले १६ ओभरको समाप्तिसम्म २ विकेट गुमाउँदै ६३ रन जोडेको छ ।

यूएईले टस जितेपछि नेपाललाई पहिलो ब्याटिङको लागि निम्त्याएको थियो । यूएईको त्यो निर्णय नेपालको लागि घातक सावित भयो । नेपालले दुवै ओपनर खाता नखोल्दै गुमाएको थियो । ओपनर रित गौतम इनिङको पहिलो बलमा नै क्याच आउट भएका थिए । मोहमद ताहिरको बलमा उनले अल्शन सरफुलाई क्याच थमाएका थिए ।
लगत्तै चौथो ओभरको पाँचौ बलमा नेपालको स्कोर ८ रन छँदा पवन सर्राफ पनि शून्यमा पेभेलियन फर्किए । उनी ११ बलको सामना गर्दै संचित शर्माको बलमा बोल्ड भए । त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ शेखले नेपालको इनिङ सम्हालेका छन् । दुवैले मिलेर ५५ रनको साझेदारी गरेका छन् ।
आसिफले ४६ बलमा ७ चौकासहित ३९ रन प्रहार गरेका छन् । रोहितले ३८ बलमा ३ चौका प्रहार गर्दै २१ रन जोडेका छन् । नेपाल र यूएई दुवै समूह चरणबाट बाहिरिसकेका छन् । यस समूहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् । यी दुईबीच पनि समूह विजेता छिनोफानो गर्न खेल हुँदैछ । बंगलादेशले पहिलो ब्याटिङ रोज्दै ७ ओभरमा २५-० को स्थितिमा छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]