default_image

6 years ago

September 18, 2019

कोहलीको कीर्तिमानसँगै भारतको सहज जित

150 views

0 Bookmark

एजेन्सी – कप्तान विराट कोहलीको विश्व कीर्तिमानी अर्ध शतकसँगै दक्षिण अफ्रिकासँगको दोस्रो टि ट्वान्टी खेलमा घरेलु टोली भारत ७ विकेटले विजयी भएको छ ।

१ सय ५० रनको विजयी लक्ष्य पछ्याएको भारतले १९ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतको सहज जितमा कप्तान विराट कोहली ५२ बलमा ४ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । योसँगै विराट टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । विराटले रोहित शर्मालाई पछि पार्दै यो कीर्तिमान हात पारेका हुन् । टि ट्वान्टीमा कोहलीको २ हजार ४ सय ४० रन पुगेको छ । रोहितको नाममा २ हजार ४ सय ३४ रन छ ।

त्यस्तै श्रेयस ऐर १६ रनमा अविजित रहे । ओपनर शिखर धवन ३१ बलमा ४ चौका र १ छक्का सहित ४० रनमा क्याच आउट भए । रोहित शर्मा १२ र विकेटकीपर ऋषभ पन्त ४ रनमा आउट हुन पुगे । दक्षिण अफ्रिकाका लागि एन्डिले फेहलुकवेयो,तबरेज शम्सी र ब्योर्न फोर्टुइनले समान १ विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । उसका लागि कप्तान तथा विकेटकीपर क्विन्टन डि ककले सर्वाधिक ५२ रनको योगदान दिए । डी कक नवदीप सैनीको ११ ओभरको दोस्रो बलमा विराट कोहलीबाट क्याच आउट हुनुअघि ३७ बलमा ८ चौका प्रहार गरे ।

तेम्बा बाभुमाले ४३ बलमा ३ चौका र १ छक्का सहित ४९,डेविड मिलर १८ र डवेन प्रिटिरियसले १० रनको योगदान दिए । भारतका लागि दिपक चाहरले २,नवदीप सैनी,रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान १ विकेट लिए । पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । तेस्रो तथा अन्तिम खेल आगमी २२ सेप्टेम्बरमा हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.