default_image

6 years ago

September 19, 2019

कुशल र इशानलाई समेट्दै नेपाली टोलीको घोषणा

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने त्रिकोणात्मक र ओमानमा हुने टि२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । विहीबार भएको घोषणा टोलीमा ३ युवा खेलाडीलाई पहिलो पटक मौका दिईएको छ । 

घोषणा टोलीमा अलाउन्डर कुशल मल्ल र शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डे पहिलो पटक टोलीमा परेका छन् । कुशल मल्लले  उमेर समुहमा राम्रो प्रभाव छाडेका छन् ।इशान पाण्डेले गत जेठमा प्रधानमन्त्र एक दिवसिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए । कुशल र इशान दुबै देबे हाते खेलाडी हुन् ।

घोषणा टोलीमा गत महिना सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा रहेका वसन्त रेग्मी,शरद भेषवाकर,ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरी टोलीमा छैनन् । युवा खेलाडी दिपेन्द्र सिंह ऐरीलाई उप कप्तानको जिम्मेवारी दिएको छ । नेपाली टोलीमा आरिफ शेख,सन्दीप जोरा र सुसन भारीले पुनरागमन गरेका छन् ।

नेपालले सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म जिम्बाबे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । त्यस्तै अक्टोबर ५ देखी १० सम्म ओमानमा पाँच राष्ट्रबीच टि२० सिरिज खेल्ने छ । जसमा ओमान सहित नेपाल,हङकङ,नेदरल्यान्ड,आयरल्यान्ड छन् ।

सिंगापुर र ओमान सिरिजको लागि नेपालको १५ सदस्य टोली
१.पारस खड्का (कप्तान), २.दीपेन्द्र सिंह ऐरी (उप कप्तान), ३.कुशल मल्ल, ४.इशान पाण्डे, ५.सोमपाल कामी, ६.सन्दीप लामछाने, ७.करण केसी, ८.ललित नारायण राजवंशी , ९.आरिफ शेख, १०.सन्दीप जोरा, ११.विनोद भण्डारी , १२.पवन सरार्फ , १३.अभिनाश बोहोरा, १४.रोहित कुमार पौडेल, १५.सुशन भारी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.