5 years ago
September 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी सिंगापुर र ओमान भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको उपकप्तान चयन भएका छन् ।
नेपालले सिंगापुरमा त्रिकोणात्मक टि-२० सिरिज र ओमानमा पाँच राष्ट्र सम्मिलित मैत्रीपूर्ण सिरिजमा सहभागिता जनाउँदै छ । राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले आज एक कार्यक्रममाझ राष्ट्रिय टोलीको अन्तिम १५ खेलाडीको नामावली सार्वजनिक गरेका हुन् । नेपालमा आगामी डिसेम्बर महिनामा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरि तयार पारिएको टोलीमा केहि सिनियर खेलाडीलाई विश्राम दिइएको छ ।
टोलीका नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण देखाउँदै यसअघि नै मैत्रीपूर्ण सिरिजबाट नाम फिर्ता लिएका थिए । घोषित टोलीमा उपकप्तानको दावेदार मानिएका शरद भेषावकर र वसन्त रेग्मी पनि नभएपछि दीपेन्द्रलाई जिम्मेवारी दिइएको हो । नेपालले दुई सिरिज गरेर २ साताको अन्तरालमा ९ खेल खेल्नेछ । यसक्रममा कुनै खेलमा दीपेन्द्र नै टोलीको कप्तान रहने सम्भावना पनि रहेको छ ।
दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी सुम्पिने निर्णयबारे कप्तान पारसले भविष्यको लागि तयारी गरेको बताए । ‘दीपेन्द्र मात्र होइन अहिले टोलीमा रहेका १५ जना खेलाडीले नै आफूलाई राष्ट्रिय टोलीका कप्तानका रुपमा हेर्नुपर्छ । अहिले दीपेन्द्रलाई जिम्मेवारी दिएका छौं, पछि सोमपाल, करण लगायत खेलाडीले पनि जिम्मेवारी लिने अवस्था हुनसक्छ । हामी अहिले ट्रान्जिसन फेजमा छौं । दीर्घकालीन रुपमा टोलीलाई तयार पार्न अहिले अभ्यास थालेका हौं,’ उनले भने ।
दीपेन्द्रले यसअघि उमेर समूहमा राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन् । उनकै कप्तानीमा नेपालले सन् २०१७ को यू-१९ एसिया कपमा ऐतिहासिक नतिजा हासिल गरेको थियो । दीपेन्द्रको कप्तानी प्रदर्शनमा नेपालले इतिहासमै पहिलोपटक भारतलाई हराएको थियो । उनी उक्त खेलमा अलराउन्ड प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भएका थिए । दीपेन्द्रले त्यसपछि पोखरा प्रिमियर लिगमा धनगढी ब्लुज, एभरेस्ट प्रिमियर लिगमा चितवन टाइगर्स र धनगढी प्रिमियर लिगमा सीवाईसी अत्तरियाको कप्तानी पनि सम्हालेका छन् । उनले अत्तरियालाई गत सिजन च्याम्पियन पनि बनाएका थिए ।
राष्ट्रिय टोलीका लागि पछिल्लो समय लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका दीपेन्द्रले मध्यक्रमको ब्याटिङमा आफूलाई भरपर्दो खेलाडीको रुपमा उभ्याएका छन् । भविष्यमा राष्ट्रिय टोलीको कप्तानी नै सम्हाल्ने पक्षलाई अब उनको उपकप्तानको रुपमा हुने प्रदर्शनले संकेत दिनेछ । नेपाली टोली पहिला सिंगापुरको प्रतियोगिता खेलेर उतैबाट ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
सिंगापुरमा हुने त्रिकोणात्मक सिरिज सेप्टेम्बर २७ देखी अक्टोबर ३ सम्म चल्नेछ । नेपालले २७ सेप्टेम्बरमा जिम्बाब्वे र २८ सेप्टेम्बरमा सिंगापुरको सामना गर्नेछ । दोस्रो चरणमा नेपालले अक्टोबर १ मा जिम्बाब्वे र अक्टोबर २ मा सिंगापुरसँग खेल्नेछ ।
त्यहाँबाट नेपाली टोली ओमानमा हुने प्रतियोगिताको लागि प्रस्थान गर्नेछ । ओमानमा हुने प्रतियोगितामा नेपालले ६ अक्टोबरमा हङकङ,७ अक्टोबर नेदरल्यान्ड, ९ अक्टोबरमा आयरल्यान्ड र १० अक्टोबरमा आयोजक ओमानसँग खेल्नेछ ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) काठमाडौं गुर्खाजलाई पराजित गर्दै जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ । बिहीवारको दोस्रो खेलमा काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । १ सय २ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। जनकपुरका लागि हर्ष ठाकरले नट […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गर्दा झिनो योगफलमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल तयार गर्यो । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्स ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेइङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव […]