default_image

5 years ago

September 20, 2019

‘कुशल’ करामत!

377 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

युवा अलराउन्डर कुशल मल्ल भर्खर १६ वर्ष पुग्दै छन् । नेपालको अवस्थामा क्रिकेटलाई व्यावसायिक रुपमा नै अंगाल्ने वा विकल्पका रुपमा राख्ने भनेर निर्णय गर्ने उमेरमा कुशलले भने राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । संयोगवश, उनको शीर्ष श्रेणी क्रिकेट प्रवेशमा निर्णायक भूमिका खेलेका शरद भेषावकरकै स्थानमा कुशलले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

नेपाली क्रिकेटमा पछिल्लो समय फ्रेन्चाइज क्रिकेट नै राष्ट्रिय टोलीसम्म बाटो बनाउने माध्यम बनेको छ । क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि आधिकारिक प्रतियोगिताको कमीलाई यिनै फ्रेन्चाइज लिगले पूर्ति गरेका छन् । उमेर समूहको प्रदर्शनलाई आधार बनाएर निकै खेलाडीले फ्रेन्चाइज लिग हुँदै राष्ट्रिय टोलीको यात्रा तय गरेका छन् ।

रोहितकुमार पौडेल, अभिनाश बोहोरा, ललितनारायण राजवंशी, सन्दीप जोरा, पवन सर्राफ हुँदै भर्खरै मात्र अलराउन्डर कुशल मल्ल त्यसको उदाहरण बनेका छन् । नेपाली टोलीको सिंगापुर र ओमान भ्रमणका लागि इशान पाण्डे र कुशल मल्ल नयाँ सदस्यको रुपमा टोलीमा समेटिएका हुन् । दुवै खेलाडी बन्द प्रशिक्षणमा परेको पहिलो प्रयासमै अन्तिम टोलीमा पर्न सफल भएका हुन् । संयोगवश दुवै दायाँहाते ब्याट्सम्यान हुन् ।

नेपालका लागि उमेर समूहमा ओपनरका रुपमा प्रभाव जमाएका कुशल मल्लले फ्रेन्चाइज लिगमा पनि त्यसै भूमिकामा रहेर यात्रा सुरुवात गरे । तर योजना भनौं या संयोग, ट्यालेन्ट हन्टमार्फत भैरहवा गल्याडीयटर्सको टोलीमा स्थान बनाएका कुशलको भूमिका ओपनरको रुपमा लामो समय टिकेन । पार्टटाइम स्पिन समेत गर्ने कुशलले आफूले मौका पाएको दुई खेलमा सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । उनको छनोटलाई लिएर कप्तान शरद भेषावकरलाई प्रश्न गर्दा शरदले उनको क्षमता देखेर नै उनीमाथि विश्वास गरिएको बताए । यद्यपि शरदले उनको खेल्ने भूमिकामा भने केहि परिवर्तन हुन सक्ने बताएका थिए ।

भैरहवाले उनलाई एक खेल विश्राम दिएर त्यसपछि फेरी महत्त्वपूर्ण एलिमिनेटर खेलमा मध्यक्रममा उतार्यो । शरदले भनेअनुसार उनले यसपटक मध्यक्रममा उत्रँदै फिनिसरको भूमिका पाए । उमेर समूहमा शीर्षक्रममा आक्रामक ब्याटिङ गर्ने कुशलले चितवनविरुद्ध एलिमिनेटर खेलमा टोलीलाई अविश्वसनीय जित दिलाए । अन्तिमम ५ ओभरमा ४७ रन चाहिएको अवस्थामा  ६ विकेट गुम्दा अर्का युवा ब्याट्सम्यान रोहितसँग कुशल क्रिजमा आए ।

कुशलले १३ बलमा २७ रन जोड्दै रोहितसँग २४ बलमा ५१ रनको नटआउट साझेदारी गरे । जसको नतिजा भैरहवा १० बल अगावै जित दर्ता गर्दै फाइनलमा स्थान बनाउन सफल भयो । कुशलले निकै दबाब रहेको अवस्थामा २ चौका र २ छक्का प्रहार गरेका थिए । फाइनलमा पनि कुशल ८ बलमा १ छक्कासहित १६ रन जोड्दै रनआउट भएका थिए । एलिमिनेटर खेलमा गरेको प्रदर्शन उनको क्षमता पहिचान गर्न पर्याप्त थियो । संयोगवश यसपटक कुशल उनै शरद बाहिर हुँदा टोलीमा समावेश भएका छन् । सम्भवत शरदको फिनिस गर्ने भूमिका पनि भविष्यमा कुशलकै पोल्टामा हुनेछ ।

कुशल नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका खेलाडीमा पर्दछन् । हुने विरुवाको चिल्लो पात भने जस्तै कुशलको प्रतिभाको अगाडी उनको कलिलो उमेर बाधक बन्न सकेन । गल्ली क्रिकेटबाट सुरु भएको कुशलको क्रिकेट यात्राले छोटो समयमा नै एकेडेमी, यू१६ टोली र घरेलु क्रिकेट हुँदै यू१९ टोली तय गर्यो । उनले सिनियर टोलीसम्म स्थान बनाउन पनि लामो समय कुर्न परेन ।

‘पहिलो पटक टोलीमा पर्दा खुसी छु । मैले केहि राम्रो गर्न सकने देखेर नै मौका दिएको होला जस्तो लाग्छ । मिहेनत गर्नुपर्छ, देश र टिमको लागि जिम्मेवारी भएर खेल्नेछु’,पहिलो पटक सिनियर टोलीमा परेपछि कुशलले हाम्रोखेलकुदसँग भने । यू १६ टोलीमा ओपनरका रुपमा खेलेका कुशल पछिल्लो समय यू१९ मा भने तल्लोक्रमका फिनिसरको रुपमा खेल्ने गरेका छन् । आर्मीका लागि घरेलु क्रिकेटमा पनि उनी सोहि भूमिकामा छन् । तर उनी जुनसुकै भूमिकामा उतारेपनि शत प्रतिशत दिएर खेल्न तयार रहेको बताउँछन् ।

को हुन् कुशल ?

बुटवलमा जन्मिएका कुशलले ८ वर्षको उमेरसम्म रमाइलोको लागि घर गल्लिमा टेनिस बलले क्रिकेट खेल्ने गर्थे । कक्षा ६ मा होराइजन स्कुलमा पढ्ने बेलामा उनलाई स्कुलका प्रशिक्षक शक्ति गौचनले देखे । सुरुवातमै उनको प्रतिभाबाट प्रभावित भएपछि शक्तिले उनीमाथि विशेष ध्यान दिए । बुवा रोमन्त र आमा शर्मिला मल्लको कोखमा जन्मिएका कुशल लजालु स्वभावका थिए, खासै खुल्दैनथे । तर मैदानमा भने उनको ब्याट र बलको स्वभाव ठिक विपरित थियो । कुशलका बुबा हाल रोजगारीको सिलसिलामा कतारमा छन् ।

‘६ कक्षमा पढ्दा शक्ति सरले मेरो क्रिकेट मन पराउनु भयो । स्कुल प्रतियोगिता हुँदा सरको पहिलो रोजाईमा पर्दै छनोट भए । पछि शक्ति सरले क्रिकेट सिक्न बोलाउनु हुन्थ्यो । म सिक्न नगएको बेला फोनै गरेर बोलाउनु हुन्थ्यो’,कुशलले विगत सम्झंदै भने । सन् २०१७ मा थाईल्यान्डमा हुने यू-१६ इस्टर्न रिजनको लागि टोली छनोट सुरु भएको थियो । ४ जनाको कोटामा कुशल पनि पर्न सफल भए । त्यहाँबाट सुरु भएको उनको यात्रा अहिले राष्ट्रिय टोलीसम्म आइपुगेको छ ।

 

‘मलाई यहाँ सम्म ल्याउनमा शक्ति सरको ठूलो हात छ । म जहाँ छु उहाँले गर्दा नै छु । शक्तिले सरले सानोमा बाबुआमालाई कुशल राम्रो क्रिकेट खेल्छ र भविष्यमा पनि धेरै राम्रो गर्छ भनेपछि घरबाट खेल्न झनै सहज बन्यो’,कुशल भन्छन्, ‘शक्ति सरले राम्रो छ भनेपछि घर धेरै खुसी हुनुभयो । घरबाट राम्रो साथ पाएँ । ‘

कुशलले सानै उमेरदेखि शक्तिको भैरहवामा रहेको स्टार क्रिकेट एकेडेमीबाट निरन्तर प्रशिक्षण गर्दै आएका छन् । नेपालमा उनलाई आफ्ना सहकर्मी रोहित कुमार पौडेल साह्रै मनपर्छ । बंगलादेशका सकीब अल हसनबाट पनि उनि प्रभावित छन् । उमेर र सिनियर टोलीमा धेरै फरक रहेको उनी बताउँछन् । ‘ बन्द प्रशिक्षणमा रहँदा त सिनियर टोलीमा पर्छु जस्तो लागेको थिएन । अब स्थान बनाएसँगै जिम्मेवारी थपिएको महसुस गरेको छु । टोलीमा लामो यात्रा गर्न नियमित रुपमा प्रर्दशन र विशेषत: फिटनेसमा ध्यान दिनुपर्छ’,मल्लले भने ।

घरेलु र उमेर समुहमा कुशलको प्रर्दशन

सानै उमेरदेखि शक्तिको रेखदेखमा हुर्केका दायाँ हाते ब्याट्सम्यान तथा स्पिनर कुशल ठूला सट खेल्न माहिर छन् । दबाबमा पनि ठूला सट सहित टोलीको इनिङ उकास्न सक्नु उनको विशेषता हो ।सन् २०१७ मा थाईल्यान्डमा भएको एसीसी यू१६ इस्टर्न रिजनबाट उनको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु भएको थियो । उक्त प्रतियोगितामा थाईल्यान्डविरुद्ध ओपनरको रुपमा डेब्यू गर्दै २२ बलमा ३ चौका र १ छक्का सहित २४ रनमा रन आउट भएका थिए ।

हङकङविरुद्ध २ रनमा आउट हुँदा म्यानमारविरुद्ध २३ बलमा समान ३ चौका र छक्का सहित ३६ रनको इनिङ खेल्दै सानैमा कुशलले हिटरको संभावना देखाएका थिए । जुन खेलमा ३ सय ५१ रनको लक्ष्य पछ्याएको म्यानमार १३ रनमा अल आउटभएपछि नेपाल ३ सय ३७ रनले विजयी भएको थियो ।

गत पुषमा भएको एभरेष्ट प्रिमियर लिगमा (ईपीएल) मा शरद भेषवकार कप्तान रहेको भैरहवा ग्याडियट्रर्सबाट खेल्दै राम्रो प्रभाव छाड्न सफल भए । उक्त प्रतियोगितामा चितवनविरुद्ध खेलले उनलाई चर्चाको शिखरमा पुर्यायो । धनगढी प्रिमियर लिगमा कुशल शरदकै कप्तानीमा महेन्द्रनगर युनाइटेडबाट खेले । त्यसपछि त्रिभुवन आर्मी क्लबमा आबद्ध उनले आठौं राष्ट्रिय खेलकुद र प्रधानमन्त्री कप पनि खेले । आठौंअन्तर्गत कोहलपुर क्रिकेट मैदानमा अन्य खेलाडीलाई ब्याटिङ गर्न कठिन हुँदा कुशल निडर रुपमा आक्रामक ब्याटिङ गर्दा उनको स्तर प्रष्ट देखिन्थ्यो । प्रधानमन्त्री कपमा पनि कुशलले आक्रामक ब्याटिङको नमुना पेश गरे ।

गत चैत्रमा मलेसियामा सम्म आईसीसी यू१९ एसिया विश्वकप छनोटमा उनले पहिलो पटक यू१९ टोलीमा पहिलो पटक स्थान पाएका थिए । जसमा ब्याटिङमा कमै मौका पाएका कुशलले बलिङमा ५ खेलमा २.०५ को इकोनमीमा रन खर्चिदै ८ विकेट लिएका थिए । गत जुलाईमा नेपाललाई एसीसी यू१९ इस्टर्न रिजनमा नेपाललाई च्याम्पियन बनाउन कुशलले अलराउन्ड प्रर्दशन गरेका थिए । सिंगापुरविरुद्ध २३ बलमा ५ छक्का र ४ चौका सहित ५१ रनमा अविजित रहँदै विश्फोटक इनिङ खेलेपछि सिनियर टोली छनोटकर्ताको नजर उनिमाथि परेको थियो ।

विष्फोटक इनिङमात्रै होइन बलिङमा ९ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सहज बन्यो । एक साताअघि श्रीलंकामा सम्पन्न यू१९ एसिया कपमा पनि आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएपछि सिनियर टोलीको ढोका सहज बनेको थियो । उनले बंगलादेशविरुद्ध रनमा निकै संघर्ष गरेका नेपाललाई ३२ बलमा ३ छक्का र १ चौका सहित २८ रन जोड्दै खेलको माहोल परिवर्तन गरेका थिए । त्यसैको कारण नेपालले २ सय ६२ रनको लक्ष्य दिएको थियो ।

 

अवसरसँगै चुनौती

कुशलले आफ्नो क्रिकेट करिअरमा पाएको यो सबैभन्दा ठूलो अवसर हो । उनको क्षमता माथि देखाएको ठूलो विश्वास पनि हो । जुन अवसर सदुपयोग गर्न सके आफ्नो क्रिकेट करिअरमा कुशलले पछि फर्केर हेर्नुपर्ने छैन । तर टोलीमा पर्नु कुनै ठूलो कुरा होइन । टिममा परेर उत्कृष्ट प्रर्दशन गर्दै लामो यात्रा गर्न सक्नु सबै भन्दा ठूलो चुनौती हो । जुन कुरा कुशलले राम्रोसँग बुझेका छन् । दायाँ हाते ब्याट्सम्यानको रुपमा उनले टोलीमा एक रणनीतिक विकल्प पनि थपेका छन् । भर्खर १६ वर्ष पुग्दै गरेका कुशलले धैर्य गरेर आफ्नो खेल विकास गर्ने हो भने नेपाली क्रिकेटका लागि फिनिसरको भूमिकामा कुशल दिर्घकालिन समाधान बन्न सक्छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.