default_image

6 years ago

September 21, 2019

बार्बाडोसको बलियो योगफल

142 views

0 Bookmark

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राइडेन्टसले सेन्ट लुसिया जोक्सलाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । बार्बाडोसका ओपनर जस्टिन ग्रीब्सले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर जोसन चाल्र्सले १९ बलमा १ चौका र २ छक्का सहित २८ रनको योगदान दिए ।

जो कार्टरले २१ बलमा ४ छक्का सहित ३०,जेपी ड्युमिनीले १८ रनको योगदान दिए । पहिलो विकेटका लागि जस्टिन र जोसनले ८.४ ओभरमा ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि अन्य ब्याट्सम्यानले ठूलो इनिङ खेल्न नसक्दा विशाल योगफल बनाउन चुकेको हो । एलशे नर्श १५ र कप्तान जोसन होल्डरले १० रन जोडे ।

लुसियाका केस्रिक विलियम्सले सर्वाधिक ३ र ओबेद म्याकोयले २ विकेट लिए । सन्दीप बार्बाडोसको प्लेइङ ११ मा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.