default_image

6 years ago

September 21, 2019

बार्बाडोसको सहज जितमा सन्दीपको मध्यम प्रर्दशन

110 views

0 Bookmark

एजेन्सी – क्वारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राइडेन्टसले सेन्ट लुसिया जुक्सलाई ७१ रनले पराजित गरेको छ ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको लुसिया १४.५ ओभरमा  १ सय १ रनमा अल आउट भयो । उसका लागि हार्डस भिलोजेन ३१ र कोलीन डी ग्राण्डहोमले २८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । बार्बाडोसलाई सहज जित दिलाउन कप्तान जोसन होल्डर र जोशुआ बिशपले समान २ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने,जोश लालोर र रेमोन रिफरले समान १ विकेट लिए । सन्दीपले ३.५ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो ।

ओपनर जस्टिन ग्रीब्सले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर जोसन चाल्र्सले १९ बलमा १ चौका र २ छक्का सहित २८ रनको योगदान दिए । जोनाथन कार्टरले २१ बलमा ४ छक्का सहित ३०,जेपी ड्युमिनीले १८ रनको योगदान दिए । एलशे नर्श १५ रन जोडे । लुसियाका केस्रिक विलियम्सले सर्वाधिक ३ र ओबेद म्याकोयले २ विकेट लिए ।

यस्तो रह्यो सन्दीपको ३.५ ओभर

सातौ ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका सन्दीपले ४ रन मात्र खर्चिए । कोलिन डी ग्राण्डहोम डरेन सम्मीलाई १–१ रन गरि ४ रन मात्र खर्चिए । सन्दीपले दोस्रो र पाँचौ बल डट राखेका थिए ।

सन्दीपले नवौं ओभरमा ७ रन खर्चिए । पहिलो बलमै डी ग्राण्ड होमले सन्दीपलाई चौका प्रहार गरे । दोस्रो बल डट रोखे । तेस्रो बलमा डी ग्राण्डहोम २८ रनमा रन आउट हुन पुगे । चौथो बलमा डट राख्दा पाँचौमा २ र छैटौमा १ रन दिए ।

सन्दीपले १३ औं ओभरमा २ रन मात्र खर्चिए । पहिलो बलमा हार्डस भिलोजेनलाई १ रन दिए । सन्दीपले केस्रिक विलियम्सलाई लगातार ३ बल डट राख्दा पाँचौ बलमा १ रन दिएका थिए ।

सन्दीपले आफ्नो अन्तिम स्पेलको १५ ओभरमा भने खराब प्रर्दशन गरे । हार्डस भिलोजेनले सुरुवाती दुई बलमा लगातार छक्का प्रहार गरे । तेस्रो बलमा एक रन दिए । चौथो बलमा फहाद अहमीदलाई ३ रन दिए । पाँचौ बलमा सन्दीपले हार्डसलाई ३१ रनमा बोल्ड आउट गरे । ओबेद म्याकोय रिटायर्ट आउट भएपछि सन्दीपले अन्तिम बल गर्नु परेन ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.