default_image

6 years ago

September 23, 2019

पिपिएल कात्तिकको अन्त्यतिरबाट सुरु हुने

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)–सर्वाधिक पुररस्कार राशीको घरेलु फ्रेन्चाइज लिग पोखरा प्रिमियर लिग (पिपिएल) टि ट्वान्टी क्रिकेट कात्तिकमा आयोजना हुने भएको छ । आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले सोेमबार विज्ञप्ती जारी गर्दै पिपिएलको दोस्रो संस्करण कात्तिक २६ गते देखि मंसिर ७ गते सम्म पोखरा रंगशाला हाता भित्रको मैदानमा हुने जनाइएको छ ।

पिपिएलमा ६ शहरका ६ टोलीको सहभागिता रहनेछ । पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो । पोखराले फाइनलमा चितवन राइनोजलाई हराएको थियो ।

नेपाल भ्रमण बर्ष २०२० लाई मनाउन लागेको अवसरमा पिपिएल लिगले सकारात्मक सन्देश जाने विश्वास लिएको पिपिएलका कार्यकारी निर्देशक छुम्बी लामाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतियोगितमा पोखरा पल्टन, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स्, बुटवल ब्लास्टर्स, एक्सपर्ट धनगढी ब्लुज र विराटनगर टाइटन्स गरि ६ शहरमा ६ टोली रहेका छन् । च्याम्पियन पोखराले २७ लाख र उपविजेता चितवनले १० लाख रुपैया प्राप्त गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.