5 years ago
September 24, 2019
लामो समयदेखि अभिभावकविहिन रहेको नेपाली क्रिकेटका लागि यो साता महत्त्वपूर्ण छ । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनले सम्भवत अहिले देखिएको अन्यौलताले एक किसिमको निकास लिने आशा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बनमा रहेको क्यानको विधानसम्मत निर्वाचनसँगै निलम्बन फुकुवाका हुने आँकलन गरिएको छ ।
स्वभाविक छ निर्वाचनका माध्यमबाट आफुलाई स्थापित गराउने र क्यानको बागडोर लिनका लागि यो साता अन्तरिक दौडधुप हुनेछ । क्रिकेटको चर्चा गर्दा एउटा नामको चर्चा हुने गरेको छ । जुन स्वभाविक हो । क्यानको जिम्मेवारीमा रहँदा होस् वा क्यान बाहिर कुनै न कुनै रुपमा उनी क्रिकेटकै वरिपरि हुन्छन् । क्यानलाई संस्थागत विकासका लागि जयकमाुरनाथ शाह लामो इतिहास बोकेका हस्ती थिए । त्यसपछिका अर्का व्यक्ति हुन् विनयराज पाण्डे ।
शाहको लामो नेतृत्वमा महासचिवका रुपमा जिम्मेवारी निर्वाह गरेको पाण्डेले झन्डै ५ वर्ष क्यानको अध्यक्षका रुपमा पनि नेतृत्व गरे । लामो समयदेखि उनी क्यानको नेतृत्वबाट बाहिर छन् । तर, उनी क्रिकेटको चर्चामा बारम्बार आइरहन्छन् । असोजको १० र ११ गतेको साधारण सभा तय छन् । यो निर्वाचनमा उनी भक्तपुरबाट प्रतिनिधि छन् । निर्वाचन मिति नजिकिंदै जाँदा पाण्डेले आफूलाई अध्यक्षको आकांक्षीका रुपमा प्रस्तुत गरेका छन् ।
यद्दपी उनी वा अर्का सम्भावित उम्मेदवारका रुपमा हेरिएका चतुरबहादुर चन्द दुवैले औपचारिक घोषणा गरेका छैनन् । तर, पनि मुख्य त पाण्डे र चन्दकैबीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । उनै पाण्डेसँग क्यानको निर्वाचनलगायतका विषयमा हाम्रो खेलकुद डटकमका भूपेन्द्र जिसीले गरेको कुराकानीको सम्पादित अंश ।
क्यानको अध्यक्षको निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ?
– म नेपाली क्रिकेटको संरक्षककै रुपमा भईसकें । क्रिकेटको वर्तमान अवस्था राम्रो हुन्थ्यो भने सायद मैले नेतृत्वको आशा नगर्दा पनि फरक पर्दैन थियो । आफैंले हुर्काएर बढाएको क्रिकेटको वर्तमान अवस्था नाजुक छ, बेहाल छ । क्रिकेटको विकासमा लाग्ने मान्छे पाउन कठिन भयो । केहि क्रिकेट विकासका लागि लागेजस्तो देखिएपनि मलाई त्यसमा विश्वास लागेको छैन । क्रिकेटलाई माया गर्ने मान्छे नभएका हैनन्, तर सम्बन्धित ठाउँमा बोल्न सक्दैनन् । त्यस्तो समूहलाई नेतृत्व गर्दै क्रिकेटलाई मैले निकास दिन सक्छु भन्ने लागेर अध्यक्षमा उठ्ने निर्णय गरेको हुँ ।
निर्वाचनमा प्यानल बनाएर जानुहुन्छ ?
– प्यानल भन्दा पनि क्रिकेटको विकास गर्ने मेरो इच्छा हो । क्रिकेटको विकास चाहनेले मलाई साथ दिन्छन् भन्ने आशा राखेको छु । समर्थन पाए र जिते भने क्रिकेटलाई एउटा राम्रो ट्रयाकमा ल्याउछु । हारे भने अरुलाई भन्ने पनि केहि हुने छैन । धेरैको सोच क्रिकेट विकासमा भन्दा पदमा बढी केन्द्रित भए जस्तो देखिन्छ । क्रिकेटको विकास गर्ने सोच कम देखे । त्यसैले पनि म अध्यक्षमा उठ्ने तयारीमा छु । जिल्ला र प्रदेशबाट प्रतिनिधि भएर आउने साथीहरुको साथ रहेमा नेपाली क्रिकेटलाई गन्तव्यमा पुर्याउने क्षमता म राख्छु । साँच्चै क्रिकेटको विकास चाहेनेले पनि विनयराज पाण्डेलाई चिन्दैनन् भने त्यसमा मैले भन्ने केहि हुँदैन । क्रिकेटकै वातावरणबाट आउने साथ दिनुहुने छ भन्ने आशा छ ।
तपाई आईसीसी, एसीसी र सरकारसँग नजिक हुनुहुन्छ भन्ने धेरैको अनुमान छ । अध्यक्षमा निर्वाचित हुनु भएको खण्डमा तपाईको प्राथमिकता केमा हुनेछ ?
– मुख्य कुरा क्रिकेटमा रहेको विकृतिको अन्त्य हुन्छ । खेलाडीले राम्रो गर्दा गर्दै पनि आन्तरिक संरचना छैन । संरचानको विकास गर्नेछु । म अध्यक्ष हुँदा वर्षमा ६,७ वटा राष्ट्रिय प्रतियोगिता हुन्थे । ती प्रतियोगिता नभएको ७,८ वर्ष भई सक्यो । नयाँ खेलाडी नै आएका छैनन् । उमेर समुह (यू१४, १५, १७ र १९) को राष्ट्रिय प्रतियोगिता नभएको धेरै भयो । राष्ट्रिय खेल भन्दैमा केन्द्रमा गरेको भन्ने होइन ।
जिल्ला र क्षेत्र छनोट हुँदै राष्ट्रिय टोली हुन्थ्यो । म आईसकेपछि खेलाडीलाई खेल्ने वातावरण बनाउछु । अम्पायर, प्रशिक्षकको क्षमता विकासका ध्यान दिनेछु । क्रिकेटको संस्थागत विकासमा मेरो भूमिका रहन्छ । क्रिकेट विकासमा आउने अनुदान घुमफिरमा होइन क्रिकेट विकासमा लगानी गर्नेछु । यो कुनै व्यक्ति घुम्नलाई खर्च हुने छैन ।
आईसीसी, एसीसी र सरकारसँगको सम्बन्ध क्रिकेट विकासका लागि नै उपयोग गर्ने हो । सबैसँग सहकार्य गरेर अघि बढ्दा नै क्रिकेटलाई फाइदा पुग्छ । क्रिकेटमा भएका बेथितिलाई आउने दिनमा निरन्तरता हुन दिन्न । क्रिकेटलाई नयाँ र सहि बाटोमा लाने छु । मेरो अबको लक्ष्य भनेको नेपालाई टेष्ट मान्यता राष्ट्र बनाउनु हुनेछ । त्यसका लागि वातावरण तयार पार्ने । राम्रो बाटोमा क्रिकेटलाई पुर्याएपछि नयाँ साथीहरुका लागि हस्तन्तरण गरेर विश्राम लिने विचार छ ।
क्यान निलम्बनमा कसको गल्ती देख्नुहुन्छ ?
– म क्रिकेटमा लागेको ४० वर्ष भएछ । यति लामो समयमा बनाएको क्रिकेटको संरचना ४ वर्षमा भताभुङ बनाइदिए । विगारेको पनि हामीले नै हो । कोहि बाहिरका आएर बिगारेका पनि होइनन् । आईसीसीले चिठी पठाएको, चेतावनी दिएको, जरीवना लगाएको र पैसा रोक्दा पनि हामीले केहि पनि नगरि हिंड्दा निलम्बन लाग्ने नै भयो । प्रतिबन्ध लाग्नुमा हाम्रो आफ्नै गल्ति छ ।
केहि वर्ष अघिसम्म हामीसँगै प्रतिस्पर्धा गर्ने अफगानिस्तान अहिले टेष्ट राष्ट्र भएको छ । हामी कहाँ चुक्यौ र हामीलाई अब त्यहाँसम्म पुग्न कति वर्ष लाग्ला ?
– जब नेपालले आईसीसीको सदस्यता पायो, त्यहिदेखि चलखेल सुरु भएको थियो । सन् २००३ र ०४ मा पनि चलखेल हुँदा एसीसीले आर्थिक सहयोग रोकेको थियो । एसीसीको आग्रहमा म २००५ मा अध्यक्ष भएको थिए । अफगानिस्तानलाई भारत र पाकिस्तानले पनि राम्रो सहयोग गरे । हामीले त्यस्तो सहयोग पाएनौं । मुख्य सुधार हुने समयमा क्यानमा विवाद सिर्जना भयो । हामी जहाँको त्यहि रहयौं । क्यानमा राम्रो मान्छे आएमा, संस्थागत विकास गर्न सकेमा हामी आउने ५-६ वर्षमा टेष्ट मान्यता प्राप्त राष्ट्र बन्न सक्छौं ।
क्रिकेट विकास भन्दा पनि कतिपयले यसलाई व्यक्तिगत स्वार्थ पूर्तिका लागि उपयोग गरे जस्तो लाग्दैन ?
-म हुँदा पनि केहि व्यक्ति व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्ने थिए । सन् २०१० सम्म हामी आर्थिक पारदर्शितामा आईसीसीको एसोसिएट मेम्बरमा हामी नम्बर वानमा थियौं । जुनलाई प्रशंसा गर्दै आईसीसीले प्रमाणपत्र समेत दिएको छ । मैलेको छोडेको दुई वर्षमा हिनामिना चरम विन्दुमा पुग्यो । क्यानले झन्डै १ करोड जरिवाना सम्म तिर्नुपरेको थियो । त्यो संस्थागत विकासमा भन्दा व्यक्तिगत विकासकै कारण भएको हुन सक्दछ । म आएँ भने त्यो सबै बन्द हुन्छ । क्रिकेट विकास बाहेक मेरो अर्को कुनै लक्ष्य उद्देश्य छैन ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ रोजेका हुन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो सुपर ओभरमा गएको छ ।बिहीवारको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल सुपर ओभरमा पुगेको हो । विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । […]