6 years ago
September 24, 2019
एजेन्सी – क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जमैका तल्लावाहसविरुद्ध घातक बलिङ गरेका छन् ।

टसहारेर पहिला ब्याटिङ थालेको जमैका १८.३ ओभरमा १०८-८ को अवस्थामा वर्षाको कारण खेल रोकिएको छ । उसका लागि विकेटकीपर ग्लेन फिलिप्सले ३५ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । चाडविक वाल्टन १३,क्रिस गेल १,इमरान खान १० र कप्तान जर्ज वर्कर ६ रनमा आउट भए । सन्दीपले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान जोसन होल्डर २,रोशन प्रिमुस,हेरी गुर्नी,जेपी ड्युमिनी र रेमोन रिफरले समान १ विकेट लिई सकेका छन् ।
यस्तो रह्यो सन्दीपको चार ओभर
सन्दीप पाँचौ ओभरमा आफ्नो स्पेलको पहिलो ओभर लिएर बलिङ गर्न आएका थिए । पहिलो बलमा ग्लेन फिलिप्सलाई १ रन दिए । सन्दीपले दोस्रो बलमा चाडविक वाल्टनलाई एलशे नर्शबाट १३ रनमा क्याच आउट गराउँदै पहिलो सफलता हात पारे । सन्दीपले अन्य तीन बल कप्तान जर्ज वर्करलाई लगातार डट राखे । अन्तिम बलमा दुई रन दिए ।
सन्दीपले नवौं ओभरमा ५ रन खर्चेर १ विकेट लिए । ग्लेन फिलिप्स र ड्वेन स्मिथलाई सुरुवाती तीन वलमा १-१ रन दिए । चौथो बलमा सन्दीपले ड्वेन स्मिथलाई जस्टिन ग्रिब्सबाट क्याच गराउँदै पेभिलिएन फर्काए । पाँचौ र छैटौ बलमा १-१ रन खर्चे ।
सन्दीपले १६ औं ओभरमा मात्र ५ रन खर्चिए । शमर स्पिन्जरलाई पहिलो बलमा १,रमाल लुईसलाई दोस्रो डट र तेस्रोमा १ रन दिए । चौथो बल डट राख्दा पाँचौ बलमा पनि १ रन दिए । अन्तिम बलमा जोसन चाल्सले स्टम्पिङ गर्न चुक्दा वाईका रुपमा लुईसले दुई रन पाए ।
सन्दीपले आफ्नो स्पेलको अन्तिम ओभरको रुपमा १८ औं ओभरमा ६ रन खर्चिए । पहिलो बलमा लुईसलाई २ र दोस्रो डट राखे । तेस्रोमा १ रन दिदा चौथो बल पुन डट रोखे । पाँचौमा २ र अन्तिममा १ रन दिदै आफ्नो स्पेल सकाए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]