default_image

6 years ago

September 24, 2019

सन्दीपको उत्कृष्ट प्रर्दशनका बाबजुद बार्बाडोस पराजित

178 views

0 Bookmark

एजेन्सी – क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोस ट्राइडेन्स जमैका तल्लावाहस ५ रनले पराजित भएको छ । अन्तिम दुई बलमा ६ रन चाहिएको अवस्थामा सन्दीपले दुबै बल डट खान पुगे । सन्दीप ८ बलमा १ चौका सहित ९ रनमा अविजित रहे ।

१ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोस २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनायो । उसका लागि जोशन चाल्र्सले ३५ बलमा ३ चौका सहित सर्वाधिक ३१ रनको योगदान दिए । एलेक्स हक्सले १६ र जोनाथन कार्टर १७ रनको योगदान दिएँ । तल्लोक्रममा रेमोन रिफरले १२ बलमा समान २ चौका र छक्का सहित २६ रनको योगदान दिए । इमरान खान र शमर स्पिन्गरले समान ३ विकेट लिए । ड्वेन स्मिथले २ र जाहिर खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको जमैका निर्धारित २० ओभरमा अल आउट १ सय २७ रनमा अल आउट भयो । उसका लागि विकेटकीपर ग्लेन फिलिप्सले ३५ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । चाडविक वाल्टन १३,क्रिस गेल १,इमरान खान १० र कप्तान जर्ज वर्कर ६ रनमा आउट भए । सन्दीपले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान जोसन होल्डर र रेमोन रिफरले समान २ विकेट लिए । रोशन प्रिमुस,हेरी गुर्नी र जेपी ड्युमिनीले १ विकेट लिए ।

सन्दीपको चार ओभर

सन्दीपले पाँचौ ओभरमा पहिलो बलमा ग्लेन फिलिप्सलाई १ रन दिए । सन्दीपले दोस्रो बलमा चाडविक वाल्टनलाई एलशे नर्शबाट १३ रनमा क्याच आउट गराउँदै पहिलो सफलता हात पारे । सन्दीपले अन्य तीन बल कप्तान जर्ज वर्करलाई लगातार डट राखेका थिए । अन्तिम बलमा दुई रन दिए ।

सन्दीपले नवौं ओभरमा पनि आफ्नो उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिए । सुरुवाती तीन बलमा समान १ रन दिए । चौथो बलमा सन्दीपले ड्वेन स्मिथलाई जस्टिन ग्रिब्सबाट क्याच गराउँदै पेभिलिएन फर्काए । पाँचौ र छैटौ बलमा १–१ रन खर्चे ।

सन्दीपले १६ औं ओभरमा मात्र ५ रन खर्चिए । शमर स्पिन्जरलाई पहिलो बलमा १,रमाल लुईसलाई दोस्रोडट र तेस्रोमा १ रन दिए । चौथो बल डट राख्दा पाँचौ बलमा पनि १ रन दिए । अन्तिम बलमा जोसन चाल्सले स्टम्पिङ गर्न चुक्दा वाईका रुपमा लुईसले दुई रन लिए ।

सन्दीपले आफ्नो स्पेलको अन्तिम ओभरको रुपमा १८ औं ओभरमा ६ रन खर्चिए । पहिलो बलमा लुईसलाई २ र दोस्रो डट राखे । तेस्रोमा १ रन दिदा चौथो बल पुन डट रोखे । पाँचौमा २ र अन्तिममा १ रन दिदै आफ्नो स्पेल सकाए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.