default_image

6 years ago

September 24, 2019

नेपाली अम्पायरले मलेसियाको घरेलु क्रिकेट खेलाउन पाउने

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट अम्पायर र स्कोररले अब मलेसियाको घरेलु क्रिकेटमा पनि खेलाउन पाउने भएका छन् । नेपाल क्रिकट अम्पायर एन्ड स्कोरर संघ (सियुएसएएन) र मलेसिया क्रिकेट बोर्ड (एमसिए) बीच सम्झौता पछि दुवै देशका अम्पायर र स्कोररले एक अर्काको घरेलु क्रिकेटमा भूमिका निर्वाह गर्न पाउने भएका छन् ।

मलृसियाको क्वालालम्पुरमा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) पुरुष क्रिकेट विश्व कप च्यालेन्ज लिग एका दौरान दुई पक्षबीच मंगलबार सम्झौता भएको थियो । सियुएसएएनकातर्फबाट अध्यक्ष बुद्धिबहादुर प्रधान र एमसिएका अध्यक्ष महिन्दा भभिल्लपुरमले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सियुएसएएनका तर्फबाट केन्द्रिय सदस्य दुर्गानाथ सुवेदी र एमसिएका प्रमुख कार्यकारी अधिकृत दीनेश मुत्थुरमनले साक्षीका रुपमा हस्ताक्षर गरेका थिए । एमसिएका अध्यक्ष भल्लिपुरमले मलेसिया क्रिकेट सधै नेपाल क्रिकेट संघ नजिक रहेको उल्लेख गर्दै दुई देशबीच क्रिकेट सम्बन्धलाई थप विस्तार गर्न यो महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरे ।

सियुएसएनका अध्यक्ष प्धानले दुई पक्षबीच अम्पायर र स्कोररका लागि पहिलो पटक औपचारिक सम्झौता भएकाले यसले उदाहरण प्रस्तुत गर्नुका साथै प्राविधिक जनशक्तिलाई थप स्तरीय बन्ने अवसर दिने विश्वास व्यक्त गरे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.