default_image

6 years ago

September 24, 2019

नेपालमाथि भारतको क्लिन स्विप

97 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ । मंगलबार भएको अन्तिम तथा तेस्रो खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको शृंखला ३–० ले जित्दै क्लिन स्वीप गरेको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । भारतका लागि इमरान मल्लिकले सर्वाधिक ५२ रनको अर्धशतकीय योगदान दिए । नेपालका तबरेज अन्सारीले ३ विकेट लिए ।

१ सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटियो । नेपालका छवि धोबीले ४१ तथा तबरेज अन्सारीले १६ रनको योगदान दिए ।

प्रतियोगितामा भारतका इमरान मल्लिक म्यान अफ दी सिरिज चुनिए । भारतीय कप्तान यादयुन्दर सिंह खेरा प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भए । नेपालका तबरेज अन्सारी प्रतियोगिताको उत्कृष्ट बलर र बेस्ट फिल्डर नेपालका मनोज थापा घोषित भए ।

विजेतालाई नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पा, सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला र नेपाल क्रिकेट संघका पूर्वउपाध्यक्ष उपेन्द्र भट्टराईले पुरस्कार प्रदान गरे । पहिलो खेलमा भारतले ६१ रन र दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.