default_image

5 years ago

September 25, 2019

क्रिकेट टोली आज सिंगापुर जाने

110 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरमा हुने त्रिकोणात्मक सिरिजको लागि आज त्यसतर्फ लाग्दै छ । नेपाल,जिम्बाबे र सिंगापुरबीच असोज १० देखी १६ सम्म त्रिकोणात्मक सिरिज चल्ने छ ।

नेपाली टोली सिंगापुरबाटै ओमानतर्फ लाग्ने छ । ओमानमा पाँच राष्ट्र सम्मिलित टि२० सिरिज असोज १८ देखी २३ सम्म चल्ने छ । आज नेपाली राष्ट्रिय क्रिकेट टोली राती सवा १० बजे सिंगापुरतर्फ लाग्ने छ । तर नेपाली टोलीको औपचारिक बिदाई कार्यक्रम भने नरहेको टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीले हाम्रो खेलकुदलाई जानकारी दिए ।

त्यस्तै लेग स्पिनर सन्दीप लामिछानेपनि भोली विहान सम्म वेस्ट इन्डिजबाट सिंगापुर पुगि सक्ने छन् । शिवाकोटीका अनुसार सन्दीप सिंगापुरको लागि मंगलबारनै वेस्ट इन्डिजबाट प्रस्थान गरि सकेका छन् । सन्दीपले क्यारेवियन प्रिमियर लिगमा बार्बाडोस ट्राईडेन्सबाट ६ खेल्दै ८ विकेट लिएका छन् ।

सिंगापुर र ओमान सिरिजको लागि नेपालको १५ सदस्यीय टोली :

१.पारस खड्का (कप्तान), २.दीपेन्द्र सिंह ऐरी (उप कप्तान), ३.कुशल मल्ल, ४.इशान पाण्डे, ५.सोमपाल कामी, ६.सन्दीप लामछाने, ७.करण केसी, ८.ललित नारायण राजवंशी , ९.आरिफ शेख, १०.सन्दीप जोरा, ११.विनोद भण्डारी , १२.पवन सरार्फ , १३.अभिनाश बोहोरा, १४.रोहित कुमार पौडेल, १५.सुशन भारी

नेपालको खेल तालिका

नेपाल,सिंगापुर र जिम्बाबेबीचको त्रिकोणात्मक सिरिज

नेपाल विरुद्ध जिम्बाबे (असोज १० गते)
नेपाल विरुद्ध सिंगापुर(असोज ११ गते)
नेपाल  विरुद्ध जिम्बाबे(असोज १४ गते)
नेपाल विरुद्ध सिंगापुर (असोज १५ गते)

ओमानमा हुने टि२० सिरिजको तालिका

नेपाल विरुद्ध हङकङ (असोज १९ गते)
नेपाल विरुद्ध नेदरल्यान्ड्स (असोज २०गते)
नेपाल विरुद्ध आयरल्यान्ड (असोज २२गते)
नेपाल विरुद्ध ओमान (असोज २३गते )

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 13, 2024

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ । कर्णालीले ५ रनको रोमाञ्चक जित निकालेको हो। यो जितले कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन […]

December 13, 2024

लुम्बिनीले सान्त्वना जितका लागि पायो सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) को शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई सामान्य योगफलमा रोकेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनको सामान्य योगफल तयार गरेको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । […]

Success

Thank you for your time.