6 years ago
September 25, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एक दिवसिय अन्र्तराष्ट्रिय क्रिकेट (वान डे) को वरियता नेपाल पुन खस्किएको छ ।

बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल २ स्थान तल झदैं १७ औं स्थानमा पुगेको छ । नेपाल यसअघि १५ औं स्थानमा थियो । नयाँ वरियता अनुसार १५ औं स्थानमा नामिबिया रहेको छ । नेपाल ८ खेलमा १ सय ५२ अंक र १९ रेटिङका साथ १७ औं स्थानमा पुगेको हो ।
नयाँ वरियता अनुसार भारतलाईपछि पार्दै इंग्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा भारत,तेस्रो स्थानमा न्युजिल्यान्ड र चौथो स्थानमा अष्ट्रेलिया छ । नेपाल टि ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत छ ।
वान डे मान्यतायता नेपालले हालसम्म ६ वान डे खेल खेलेको छ । पछिल्लो समय नेपालले गत माघमा यूएईसँग ३ वान डे सिरिज खेल्दै २–१ ले जितेको थियो । नेपालले त्यस यता भने कुनै वान डे खेल खेलेको छैन ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]