default_image

4 years ago

October 29, 2019

नेपालविरुद्ध एमसीसीको बलियो टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणका लागि १३ सदस्य टोली घोषणा गरेको छ । सोमबार घोषणा टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीको बाहुल्यता छ । यसै साता देखी काठमाडौं र पोखरामा एमसीसीले नेपालको यू१९, सिनियर टोली,चिफ मिनिस्टर ११ गरेर टि ट्वान्टी,एक दिवसिय र प्रथम […]

43 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणका लागि १३ सदस्य टोली घोषणा गरेको छ ।

सोमबार घोषणा टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीको बाहुल्यता छ । यसै साता देखी काठमाडौं र पोखरामा एमसीसीले नेपालको यू१९, सिनियर टोली,चिफ मिनिस्टर ११ गरेर टि ट्वान्टी,एक दिवसिय र प्रथम श्रेणीको सिरिज खेल्ने छ । एमसीसीको टोलीको कप्तानी जिमी एडम्सले गर्ने छन् । यस्तै पाकिस्तानबाट तीनै फर्म्याटमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका यासिर अराफात पनि टोलीमा छन् ।

त्यस्तै नेपाल भ्रमणमा आउन लागेको एमसीसीको टोलीमा इंग्ल्यान्डबाट टेष्ट खेलि सकेका टम वेस्टली पनि रहेका छन् । उनले ५ टेष्टमा १ सय ९३ रन बनाएका छन् । १ सय ७९ प्रथम श्रेणी,८८ लिष्ट ए र ७९ टि ट्वान्टी एसको अनुभव बटुलेका थिए । इंग्ल्यान्डको यू१९ र प्रथम श्रेणीबाट खेलि सकेका बिली गोडलमान,मिल्स हामन्ड,ओलीभर डल्बी,क्यालम ज्याक्सन,विल रोड्स लयातका खेलाडी रहेका छन् ।

एमसीसीको १३ सदस्य टोली :

जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

खेल तालिका :

कात्तिक १७ : एमसीसी विरुद्ध नेपाली यू१९ (५० ओभर) टियु क्रिकेट मैदान

कात्तिक १८ : एमसीसी विरुद्ध नेपाल (५० ओभर) टियु क्रिकेट मैदान

कात्तिक २०-२२ : एमसीसी विरुद्ध नेपाल (थ्रि डे प्रथम श्रेणी) टियु क्रिकेट मैदान

कात्तिक २३ : एमसीसी विरुद्ध नेपाली यू१९ र सियिर टोली (टि ट्वान्टी) टि टियु क्रिकेट मैदान

कात्तिक २५ : एमसीसीविरुद्ध पोखरा आमन्त्रित ११ (टि ट्न्वाटी) पोखरा क्रिकेट मैदान

कात्तिक २६: एमसीसी विरुद्ध चिफ मिनिस्टर ११ ( टि ट्वान्ट) पोखरा क्रिकेट मैदान

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.