6 years ago
November 15, 2019
एजेन्सी – भारतको हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा भारत बी विरुद्ध पहिला ब्याटिङ गर्दै छ ।

नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजिमा छ । यसअघि नेपाल भारत सी सँग १० विकेट र ए सँग १ सय ७ रनले पराजित भएको थियो । भारत बी ले दुवै खेलमा जित दर्ता गरेको छ ।
आजको खेलमा नेपाली टोलीमा तीन परिवर्तन भएको छ । प्रशिक्षक विनोद दासले यसअघि बेन्चमा बसेका ब्याट्सम्यानद्वय तृतराज दास र अभिषेक बस्नेत तथा बलर गौतम केसीलाई मौका दिएका छन् ।अभिषेकले अरुण ऐरीको स्थान लिएका हुन् । तृतले खडक बहादुर बोहोरा र गौतम केसीले प्रतिश जिसीको स्थान लिएका छन् ।
नेपालको प्लेइङ ११ :
रित गौतम (कप्तान), लोकेश बम, तृतराज दास, विशाल विक्रम केसी, अभिषेक बस्नेत, हरि बहादुर चौहान, कुशल मल्ल, शेर मल्ल, गौतम कसी, सागर ढकाल र आकाश चन्द
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]